नागरिक समाज पारदर्शी हुन आवश्यक
नागरिक समाजको सकारात्मक छवि निर्माणको लागि पारदर्शिता र जवाफदेहिताको खाँचो रहेको नुवाकोटका सरोकारवालाहरूले बताएका छन् ।
चैत ६ गते विदुरमा इन्सेकको आयोजनामा पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत 'नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल' विषयक अन्तरक्रियामा सहभागीहरूले नागरिक समाजको रूपमा सक्रिय हुनेहरू आफैँमा पारदर्शी र समाजप्रति जवाफदेही भएको खण्डमा नागरिक समाजको सकारात्मक छवि निर्माण हुने बताएका हुन् ।
गैरसरकारी संस्था महासङ्घ नुवाकोटका अध्यक्ष मीनकुमार केसीले सामाजिक सङ्घ संस्थाहरू आफैँ पारदर्शी हुनु पर्ने र आफूले गरेका कामहरूप्रति जवाफदेही भए मात्र सकारात्मक छवि निर्माण हुने बताए । 'नागरिक समाज निपष्क्ष र तटस्थ र निर्भिकताकासाथ आफूलाई सामाजिक मुद्दामा प्रस्तुत गर्न सक्नु पर्छ'-उनले भने-'नागरिक समाजले गर्व गर्ने दिन ल्याउनको लागि आफूले गरेका काममा जवाफदेही र पारदर्शी हुनु पर्छ ।'
नेपाल नागरिक समाजका अध्यक्ष बाबुराम लामिछानेले हामी सबै नागरिक समाजको सदस्य रहेको र यसको कुनै निश्चित सिमा नरहेकोले सामाजिक रूपमा सक्रिय हुने सबै नै नागरिक समाज भएकोले सामाजिक काममा सक्रिय हुनेहरूले आफ्ना काम इमान्दारितापूर्वक गर्नु पर्ने बताए ।
कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष शर्मिला थापामगरले नागरिक समाजका सदस्यहरूले राजनीतिक दलहरूभन्दा माथि उठेर आफ्नो अभियान सञ्चालन गर्नु पर्ने बताइन् ।
बेलकोटका भूकम्प पीडित बद्री मिजारले सङ्घसंस्थाहरूले काम गर्दा पारदर्शी रूपमा नगरेकाले नागरिक समाजले त्यसको खबरदारी गर्नु पर्ने बताए ।
कार्यक्रममा पत्रकार, नागरिक समाजका अगुवा, भूकम्प पीडितहरू, सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…