नागरिक समाज तथा सञ्चार जगतबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तर्क्रिया कार्यक्रम चैत २८ गते रामेछापको मन्थलीमा सम्पन्न भएको छ ।
मानव अधिकार संरक्षण सञ्जाल रामेछापको समन्वय तथा युएसएआइडीको सहयोगमा र एफएचआई ३६० सँगको साझेदारीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सो कार्यक्रमको अयोजना गरेको हो ।
पत्रकार महासङ्घ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलले जिल्लामा रहेका समस्या उठाउने क्रममा सम्बन्धित पक्षसँग छलफल गर्नु जरूरी रहेको बताए । आदिवासी जनजाती महासङ्घका पूर्व अध्यक्ष खड्गबहादुर आले मगरले पुनर्निर्माणको लागि सरकारले दिने भनेको काठ वितरण प्रक्रियामा सरकार उदासिन भएको आरोप लगाए । काठ वितरण प्रक्रियालाई प्रभावकारी बनाउन नागरिक समाज र सञ्चारमाध्यमले भूमिका खेल्नु पर्नेमा उनले जोड दिए ।
मन्थली नगरपालिका-१ की वडा सदस्य एवम् दलित अधिकारकर्मी कमला वसेलले स्थानीय तहको योजना बनाउँदा समेत महिला र दलित प्रतिनिधिहरूको आवाजको सुनुवाइ नहुने गरेको गुनासो गरिन् ।
दलित अधिकारकर्मी गम्भीर बिकले स्थानीय तह सञ्चालन ऐन-२०७४ कार्यान्वनको अवस्थाको बारेमा नागरिक समाज र पत्रकारले खोज गर्नुपर्ने बताए । स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा सबै पक्षको सहभगिता नरहेको उनले बताए ।
रामेछाप बार एसोसियशनका उपाध्यक्ष यादव दाहालले विकासको काममा सडक खन्ने काम मात्र भएको र त्यसमा पनि डोजर सञ्चालनमा निर्वाचित जनप्रतिनिधिकै प्रत्यक्ष/अप्रत्यक्ष सहभागिता रहेको आरोप लगाए ।
विकास निर्माणका नाममा भइरहेका अनियमितता तथा ठगिको पत्रकार तथा नागरिक समाजलगायतले आवाज उठाएर समास्या पहिचान गरी समाधान गर्नुपर्ने उनको भनाई थियो ।
नवराज पथिक
सम्बन्धित इन्सेक गतिविधिहरू
मध्यविन्दु नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न
मध्यविन्दु नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक भदौ ३० गते सम्पन्न गरिएको छ । समूहका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षता बसेको बैठकले गत वर्ष मानव…
बालबालिकामाथि लगानी गर्न सरोकारवालाहरुको जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित बाल अधिकार चेतना समूह, मिथिला नगरको संयोजन तथा मिथिला नगर महिला तथा बालबालिका शाखाको संयोजनमा ६० औं राष्ट्रिय बाल…
मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८१ भदौ ३० गतेबाट मधेस प्रदेशमा रहेका समुदाय स्तरका संघ संस्थाका प्रतिनिधि, मानव अधिकार रक्षक र रक्षक समूहहरूका प्रतिनिधिहरूलाई मानव अधिकारसम्बन्धी…
शम्भुनाथ नगरपालिकामा विविध कार्यक्रमका साथ राष्ट्रिय बालअधिकार दिवस
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा शम्भुनाथ नगरपालिकामा ०८१ भदौ २९ गते हाजिरी जवाफ, सुन्दर लेखन प्रतियोगिता र नृत्य कार्यक्रम गरी ६०औं राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ । “बालबालिकामा लगानीः…
देवचुली नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न
देवचुली नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक भदौ २९ गते सम्पन्न भएको छ । समूहका अध्यक्ष कृष्णबहादुर बिकको अध्यक्षता बसेको बैठकले गत वर्ष मानव…