नागरिक समाजसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता
कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नागरिक समाज, सामाजिक संस्थाले ल्याउने विषय र कार्यक्रमहरूमा आफू सकारात्मक रहेको बताउँदै नागरिक समाजसँग सधैँ सहकार्य गरेर अगाडि बढ्ने बताएका छन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीले फागुन ११ गते सिन्धुलीमाढीमा आयोजना गरेको वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर तथा चुनौतीहरू विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले नागरिक समाजको सहयोग बिना विकासका कामहरू अगाडि बढाउन नसकिने हुँदा नीति, नियम र कानुनको अधिनमा रही समन्वयलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन । उनले जनअपेक्षा अनुसारको काम नागरिक समाजको सहकार्यमा गर्न सके विकासका काम अगाडि बढाउन सहज हुने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका वरिष्ठ सामाजिक विकास अधिकृत सागरकुमार ढकालले जबाफदेहिता र जिम्मेवारी ३६० डिग्रीको कोणमा घुम्नसक्ने वातावरण सृजना हुनुपर्नेमा जोड दिए । उनले नागरिक समाज, सामाजिक सङ्घसंस्था र स्थानीय सरकारको समन्वय र सहकार्यमा मात्र उक्त अवस्था सृजना हुने बताए ।
उनले स्थानीय सरकार र नागरिक समाजको भूमिका अन्योन्याश्रति हुने बताउँदै राम्रा कामको उजागर गर्ने र गलत कामलाई सुधार गर्नुपर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । ढकालले स्थानीय स्तरमा आउने स्रोत र साधनको परिचालन र बाँडफाँडमा स्थानीय सरकार, नागरिक समाज र सामाजिक सङ्घसंस्था मिलेर गर्न सकेमा विकासलाई अगाडि बढाउन सहज हुने बताए ।
गैरसरकारी संस्था महासङ्घ सिन्धुलीका अध्यक्ष वेदराज दाहालले सङ्घसंस्थासँग स्थानीय सरकारले समन्वय गरेर स्रोतको परिचालन गर्न सके विकासलाई फलदायी बनाउन सकिने बताए ।
कार्यक्रममा सहभागिहरूले सहभागिता, जबाफदेहिता र पारदर्शितामा सबै जिम्मेवार बन्न सकेमात्र साझा उद्देश्य पुरा हुने हुँदा यतिबेला अवसर र चुनौती दुवै आएको बताए ।
बिमला पाण्डे
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…