नागरिक समाजसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने
नागरिक समाज र स्थानीय सरकारको सहकार्यले स्थानीय तहको विकासमा टेवा पुग्ने सरोकारवालले जोड दिएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले फागुन १४ गते आयोजना गरेको "वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकार बीचका सहकार्य अवसर र चुनौतिहरू" विषयक छलफल कार्यक्रममा सहभागीले यस्तो बताएका छन् ।
कार्यक्रममा नेकपा एमाले युवा नेता तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले नागरिक समाजसँग सहकार्य गरेर अगाडि बढ्न सके विकासले फड्को मार्ने बताए ।
"जनतासँग प्रत्यक्ष सरोकार राखेर काम गर्ने निकाय स्थानीय सरकार हो, तर पछिल्लो समयमा हामी जनताको प्रतिनिधि हो भन्ने भुलेर हामी शासक हौँ, कि भन्ने दम्भ र घमण्ड जनप्रतिनिधिहरूमा बढ्दै गएको छ, यसले विकासलाई बाधा पुर्याउन सक्छ ।'
नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष जस्ता जनप्रतिनिधिको दम्भले स्थानीय सरकारको कुनै पनि काम बिग्रन नहुनेमा जोड दिँदै उनले भने-"जनप्रतिनिधिको दम्भले जिल्लाको स्थानीय तहको काम बिग्रनु हुदैन, उसँग जोडिएका समग्र जनताको भविश्य बिग्रनु हुदैन ।"
स्थायी सरकारले कतिपय अवस्थामा विकृति पनि भित्र्याउँछ भन्ने चरितार्थ अहिलेका केही जनप्रतिनिधिले देखाएको बस्नेतले बताए । उनले भने-"स्थायी सरकारमा पनि विकृति आउँदो रहेछ, स्थायी सरकारले अनावश्यक काम गर्दा पनि जनताले सहनै पर्ने रहेछ, पाँच वर्षसम्म कसैले हटाउन सक्दैनन्, जे गरे पनि हुन्छ भन्ने दम्भ हटाउन के गर्न सकिन्छ भनेर नयाँ बहस सुरू गर्न आवश्यक छ ।" जनप्रतिनिधिले चारकिल्ला प्रमाणित र भूमिसुधारको काम गरेर दैनिक समय बिताउँदै आएकोप्रति टिप्पणी गर्दै उनले रातो कलमले सहि गर्न मात्रै जनप्रतिनिधि नभएकाले विकास निर्माण र अन्य काममा पनि ध्यान दिनु पर्नेमा जोड दिए ।
कायक्रममा जिल्ला समन्वय समिति भक्तपुरकी उपप्रमुख सरिता कुँवरले सहकार्यमै काम गर्नुपर्ने बताइन् । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरले नागरिक समाजले स्थानीय सरकारसँग काम गनुपर्ने र सबै स्थानीय तहको अनुगमन पनि गनुपर्ने कुरामा जोड दिए । सहकार्य नै सबैभन्दा ठुलो कुरा भएको उनको भनाइ छ ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँका क्षेत्रीय कार्यलय संयोजक कृष्ण गौतमले स्थानीय सरकार र नागरिक समाजबीचको सहकार्य आवश्यक रहेको बताए । सहकार्यको साथ अगाडि बढ्यो भने विकाश हुने उनले बताए ।
सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेत, चाँगुनारायण नगरपालिकाकी उपप्रमुख विणा बास्तोला, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी लगायतले स्थानीय तहको विकास र प्रगतिका लागि नागरिक समाज जनप्रतिनिधि मिलेर कार्य गर्नुपर्ने बताए ।
सविना केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…