नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत ८ गते "नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल" विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम चौतारामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष सोम सापकोटाले नाफारहित रूपले खोलिएका सङ्घ संस्थाका प्रतिनिधिलाई समाजमा नागरिक समाज भन्ने गरेको र जिल्लामा तत्कालिन राजाको प्रत्यक्ष शासनकालमा होस् वा सशस्त्र द्वन्द्वको समयमा नागरिक समाजले खेलेको भूमिका महत्वपूर्ण हुँदाहुँदै हालको अवस्थामा नागरिक समाजको भूमिका पहिलेको जस्तो नभई फुट र गुटमा विभाजन भएको बताए ।
नेपाल पत्रकार महासङ्घका जिल्ला शाखाका सचिव दिनेश थापाले द्वन्द्वको समयमा जिल्लाका नागरिक समाजले जसरी भूमिका निर्वाह गरे पछिल्लो परिवर्तित समयमा नागरिक समाजको भूमिका उल्लेख्य हुन नसकेको भन्दै नागरिक समाजले आफ्नो आचरण तथा व्यवहारमा सुधार गर्नुपर्ने बताए ।
नेपाल बार इकाइकी प्रतिनिधि सुनिता लामाले वर्तमान सन्दर्भमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि उल्लेख्य रूपमा आफ्नो भूमिका निर्वाह गर्न नसकेको बताइन् ।
कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मी, कानुन व्यवसायीलगायत विभिन्न सङ्घ संस्था प्रतिनिधि गरी २८ जनाको सहभागिता रहेको थियो ।
नातिबावु धिताल
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार समूह, निड्स नेपाललगाायतका संघसंस्थाहरुको संयूक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर १७ र १८ गते सडक…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
माछापुच्छ्रे गाउँपालिका– ३ घाचोकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित माछापुच्छ्रे मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर १८ गते सम्पन्न भएको छ । कार्यक्रममा…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…