नागरिक समाजको सकारात्मक छवि निर्माण गर्नु आवश्यक
युएसएआइडीको आर्थिक सहयोग र एफएचआईको प्राविधिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत २० गते हेटौँडामा नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा समाजशास्त्रका प्रध्यापक वीरेन्द्र साहले नागरिक समाज पारदर्शी र जबाफदेही भएन भने बलियो नहुने बताए । आचरण, जीवनशैली र सत्यप्रतिको निष्ठाले मात्र नागरिक समाज बलियो र समाजलाई मार्ग निर्देश गर्न सक्ने उनको तर्क थियो । नागरिक समाज बलियो भएमात्र लोकतन्त्र फष्टाउने विचार व्यक्त गर्दै प्राध्यापक साहले नागरिक समाज लोकतन्त्रको अभिन्न अङ्ग भएको बताए ।
पुनरावेदन वार एसोशियसन हेटौँडाका पुर्व अध्यक्ष मदन दाहालले नागरिक समाजको चरित्र स्थायी नभएकाले पनि समस्या भएको बताए । "दलहरू कमजोर भएको अवस्थामा नागरिक समाजको भूमिका महत्वपूर्ण देखिँदै आएको छ । दलहरू बलियो भएको नागरिक समाजको भूमिका कमजोर देखिने गरेको छ"-उनले भने ।
दलहरू बलियो भएको अवस्थामा नागरिक समाजलाई दलहरूले बलियो बनाउन नदिने तर्क गर्दै अधिवक्ता दाहालले भने-"दलहरूले नागरिक समाजलाई प्रतिस्पर्धी होइनन्, सहयोगी हुन् भनेर बुझ्नु पर्छ ।"
कार्यक्रममा जिल्ला वारका अध्यक्ष अज्मिर केसीले नागरिक समाजका व्यक्तिहरू पार्टीका कार्यकर्ता भएकाले नागरिक समाजप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको बताए । शक्ति समूह मकवानपुरकी प्रमुख अस्मिता तामाङले नागरिक समाज दलीय स्वार्थ भन्दा माथि उठ्न सक्नु पर्ने बताइन् ।
प्रताप विष्ट
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…