नागरिक समाजका संस्थाहरूको स्वः नियमन र आन्तरिक सुशासनसम्बन्धी अर्न्तक्रिया
नागरिक समाज पारस्पारिक जबाफदेहिता परियोजना अन्तर्गत इन्सेकको आयोजनामा ओखलढुङ्गामा नागरिक समाजका संस्थाहरूको स्वःनियमन र आन्तरिक सुशासन विषयक अर्न्तक्रिया कार्यक्रम भदौ १९ गते ओखलढुङ्गामा सम्पन्न भएको छ ।
अर्न्तक्रिया कार्यक्रममा स्थानीय तह सञ्चलानमा आएपछि गैससहरूको कार्य प्रकृति र प्रक्रियाका बारेमा छलफल गर्दै पारदर्शिता कायम गर्न कसरी सकिन्छ भन्ने विषयमा सहभागीहरूले आ-आफ्ना धारणा राखेका थिए ।
नेपाल बार एसोसियशनका सदस्य मेघहरि आचार्यले नागरिक समाजका संस्थाहरूबिच बलियो एकता र समन्वय अभाव हुँदा साझा सवालमा साझा बुझाइ हुन नसकेको बताए । उनले अहिले स्थानीय तह क्रियाशील रहेको अवस्थामा जनप्रतिनिधि र प्रशासनिक निकायबिच समन्वय गर्नका लागि यसले जोड दिएको बताए ।
गैरसरकारी संस्था महासङ्घका सचिव टिका भुजेलले गैरसरकारी संस्थाहरूका कामका बारेमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले विवरण माग गर्ने काम भए पनि समन्वयको अभावले उपलब्ध गराउन नसकिएको बताए ।
उनले यो अन्तक्रियाबाट त्यस्ता निकायमा समन्वय गर्न साझा बुझाइ भएकाले सहज भएको बताए । राष्ट्रिय कृषक समूह महासङ्घका जिल्ला अध्यक्ष हितराज कार्कीले अहिले स्थानीय तहले पनि गैससको नविकरणमा सिफारिस अनिवार्य गर्ने र जिल्ला समन्वय समितिले पनि गर्ने हुँदा दोहोरो मापदण्डबारे पैरवी गर्न आवश्यक रहेको बताए ।
त्यसैगरी सहास नेपालका तेजकुमार राईले गैससहरूको लेखा परीक्षणमा विल भरपाइ बिनै प्रतिवेदन तयार हुने गरेकाले विल भरपाइ दुरुस्त राख्ने र सरोकारवालाहरूलाई कामको अभिमूखीकरण गराउनु पर्ने बताए ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित इन्सेक गतिविधिहरू
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना…
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान कार्यक्रम ०८१…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…