नागरिक सङ्गठनहरू डरबाट मुक्त हुनुपर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा माघ १६ गते धुलिखेलमा पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्यका अवसर र चुनौती विषयमा एक छलफल कार्यक्रमको आयोजना गरियो ।
गैसस महासङ्घका केन्द्रीय कोषाध्यक्ष जितराम लामाले पहिले गैससहरू क्षमता विकासको चरणमा भए पनि अबका दिनमा नीति निर्माणका तहमा जुट्नुपर्ने बताए । उनले स्थानीय तहसँग सहकार्य गरी स्थानीय संस्थाहरूसँग मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
मानव अधिकार एलाइन्सका केन्द्रीय अध्यक्ष मीनबहादुर शाहीले गैरसरकारी संस्था नभनेर नागरिक सङ्गठन भन्नुपर्नेमा जोड दिँदै नागरिक सङ्गठनहरू डरबाट मुक्त हुनुपर्ने बताए । उनले भने-‘जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकाले गैसस भनियो तर त्यही संस्था निर्वाचन आयोगमा दर्ता गरेमा राजनीतिक दल हुने भएकाले नागरिकको सङ्गठित हुने अधिकारलाई हेलचेक्र्याई गर्न भएन ।’
मानव अधिकार एलाइन्सकै केन्द्रीय प्रतिनिधि विदुर सुवेदीले कहिलेकाँही नागरिक सङ्गठन र कहिले सरकार पनि आफ्नो भूमिकामा अलमलमा पर्ने गरेकाले सङ्गठित हुने अधिकारमा अङ्कुश लगाउन नहुने बताए ।
गैसस महासङ्घका जिल्ला अध्यक्ष पदम दुलालले वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले ऐन, नियमावली पनि गैससमैत्री हुनुपर्नेमा जोड दिँदै विभिन्न बहानामा नागरिक सङ्गठनहरूलाई सरकारले दुःख दिँदै आएको उल्लेख गरे ।
छलफल कार्यक्रममा स्थानीय तहको विकासमा नागरिक समाजको भूमिका, स्थानीय सरकार र नागरिक समाजबीचको सम्वन्ध, नागरिक समाजका चुनौती समाधान गर्ने रणनीति र उपायका विषयमा समूह छलफल भएको थियो । छलफल कार्यक्रममा विभिन्न मानव अधिकार संस्था, गैसस, सरकारी निकायका प्रतिनिधि, पत्रकार, कानुन व्यवसायी र कर्मचारी लगायतको सहभागिता थियो ।
भोजराज तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…