नागरिक चासोका मुद्दामा सञ्चारकर्मी र नागरिक समाज एक हुनुपर्नेमा जोेड
आम नागरिकको चासोको मुद्दामा नागरिक समाज र सञ्चारकर्मीहरू एक हुनुपर्नेमा हेटौँडामा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
इन्सेक नेपालको आयोजनामा असोज ४ गते हेटौँडामा आयोजित ‘विकासका लागि नागरिक समाज तथा सञ्चारजगत बीचको सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नागरिकको अधिकारका सवालमा नागरिक समाज र सञ्चारकर्मीहरूले छुट्टाछुट्टै आवाज उठाउँदै आएकाले प्रभावकारी बन्न नसकेको भन्दै अबका दिनमा त्यस्ता विषयहरूमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाका उपाध्यक्ष सरीता दाहालले नागरिकका खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षाका क्षेत्रमा सञ्चारकर्मीहरूले विभिन्न विषयहरु उठान गरेपनि नागरिक समाजका अगुवा संस्थाहरूले चासोका साथ नलिँदा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताइन् ।
सञ्चारकर्मीहरूले उठान गरेका विषयवस्तुहरू नागरिक समाजका व्यक्तिहरूले पनि सँगै उठान गरे सम्बन्धित निकायको ध्यान जाने र समाधानको लागि सार्थक पहल हुने उनको धारणा छ ।
नागरिक समाज मञ्चकी संयोजक रमिला सापकोटाले शिक्षा, स्वास्थ्य र खाद्य सुरक्षाको अधिकारको पूर्णता नभएसम्म समाजमा भएका भौतिक विकासको अर्थ नरहने बताइन् ।
समाजमा जतिसुकै भौतिक विकास भएपनि आम मानिसको विकासका लागि शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र अधिकार प्रत्याभूत हुनुपर्नेमा उनको जोड रहेको छ ।
कोक्याप नेपालका उपाध्यक्ष दिपेन्द्र ढकालले विकासका चरणहरूमा भौतिक विकाससँगै आम मानिसको स्वास्थ्य, शिक्षा र खाद्य अधिकारको सुनिश्चितताको विकास पनि अनिवार्य रहेको बताए ।
उनले अब त्यस्ता विषयहरूका सवाल र उठान भएका विषयवस्तुहरूमा नागरिक समाज र सञ्चारकर्मीले आवाजसँगै कलम चलाउन आग्रह गरे ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…