नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ ।
शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८ थानापतिमा डब्लुपिडी नेपालको सहयोगमा सञ्चालन भइरहेको ‘अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम’ (रिन्यु) परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तालिम चलाएको हो ।
तालिममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द्रप्रसाद थपलिया, उपाध्यक्ष वीरबहादुर तामाङसहित आठ ओटै वडाका वडा अध्ययक्ष, कार्यपालिका सदस्य, परियोजनाको समूहका कार्यरत उत्प्रेरक (मोटिभेटर) हरू र गाउँपालिकाका विषयगत शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूलाई राष्ट्रिय मानव अधिकार आयोगका बागमती प्रदेशका प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीले स्थानीय सरकार सञ्चालन ऐन, मानव अधिकार कार्ययोजना लगायतको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा मानव अधिकार अधिवक्ता अच्युत आचार्यले मानव अधिकारको अवधारणा तथा महत्व, नेपालमा मानव अधिकार तथा मौलिक अधिकारसम्बन्धी कानुनी व्यवस्थाहरू तथा यसको संरक्षण तथा सम्वद्र्धनको राष्ट्रिय निकायहरूको भूमिका, लैंगिक हिंसा–कानूनी प्रावधान तथा यसको निराकरणको लागि स्थानीय तहको भूमिका विषयमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा सहभागीहरूलाई लैंगिक अवधारणा, लैंगिक समानता कायम गर्नेसम्बन्धी राष्ट्रिय कानूनी व्यवस्थाहरू र स्वास्थ्य, शिक्षा, आवास तथा खाद्य अधिकारको संरक्षण तथा सम्बद्र्धनमा विषयमा पनि जानकारी दिइएको थियो ।
साउन १७ गते तालिमको समापनमा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले भर्खरै निर्वाचित जनप्रतिनिधिहरूको लागि कानुनको अनभिज्ञता र अन्यौलता भईरहेको बेलामा मानव अधिकार, स्थानीय तहको लागि आकर्षिक कानूनहरू, लैंगिक विषयमा जानकारी पाएको बताउनुभयो । ‘जनप्रतिनिधि भए पनि कानून, ऐन, नियम जान्नु पर्छ ।
तालिमले जनप्रतिनिधिले के कसरी काम गर्दा कानुनीसम्मत हुन्छ भनेर थाहा पायौं’ अध्यक्ष थपलियाले भन्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष वीरबहादुर तामाङले पालिकाको स्रोत साधनले भ्याएसम्म हरेक वडामा मानव अधिकार र स्थानीयसँग जोडिएको कानूनी प्रशिक्षण सञ्चालन गरिने बताउनुभयो ।
उपाध्यक्ष तामाङले मानव अधिकार र महिलाको अधिकारको विषय दैनिक पालिकासँग जोडिने विषय भएकोले पनि तालिम प्रभावकारी रहेको बताउनुभयो ।
कार्यक्रममा डब्लुपिडिका कार्यक्रम प्रबन्धक श्रेया बज्राचार्यले इन्सेकले सञ्चालन तालिम प्रभावकारी रहेको र यसको अधिकतम् प्रयोगमा ल्याउन आग्रह गर्नुभयो ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षासम्बन्धी प्रदेशस्तरीय परामर्श सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय,सुर्खेत र लुथरन विश्व फेड्रेशनको संयुक्त आयोजनामा मानव अधिकारको विश्वव्यापी आवधिक मध्यावधीक समीक्षासम्बन्धी प्रदेशस्तरीय परामर्श जेठ १९ गते सुर्खेतमा सम्पन्न भएको छ ।…
मानव अधिकार तथा कानुनी संयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
मानव अधिकार तथा कानुनी सयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम ०८० जेठ १९ गते हेटौँडामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालन भएको दुई दिने तालिममा मनहरी गाउँपालिका…
वातावरणीय प्रदुषण कम गर्न माग गर्दै सामाजिक विकास मन्त्रीलाई ध्यानाकर्षण पत्र
प्रदेश स्तरीय मानव अधिकार समूहले कर्णालीमा निमार्णाधीन तथा चालु सडकहरु उचित व्यवस्थापनका साथ निमार्ण तथा सञ्चालन गर्न माग गर्दै जेठ १३ गते सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको…
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षासम्बन्धी प्रदेशस्तरीय परामर्श सम्पन्न
अनौपचासरक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लुथरन विश्व फेड्रेशनको संयुक्त आयोजनामा मानव अधिकारको विश्वव्यापी आवधिक मध्यावधीक समीक्षासम्बन्धी प्रदेशस्तरीय परामर्श कार्यक्रम जेठ १७ गते धनगढीमा सम्पन्न भएको…
बाल अधिकार चेतना समूहले बुझायो गाउँपालिकामा ध्यानाकर्षण पत्र
मायाँदेवी गाउँपालिका १ स्थित छत्रपाली तिर्था देवी माविमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले विद्यालयका समस्या पहिचान गरी गाउँपालिकामा जेठ १४ गते ध्यानाकर्षण पत्र बुझाएको छ । बाल अधिकार समूहले…