नगरपालिका स्तरीय मानव अधिकार समूह गठन सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बागमती प्रदेश कार्यालयको आयोजनामा पुस २९ गते चरिकोटमा भीमेश्वर नगरपालिका स्तरीय मानव अधिकार समूह गठन भएकाे छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको क्षेत्रमा स्थानीय जनतालाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियाेजना अन्तर्गत मानव अधिकार समूह गठन भएकाे हाे ।
जिल्ला समन्वय समिति, दोलखाका प्रमुख डबल पाण्डेको प्रमुख आतिथ्यता तथा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतको विशेष आतिथ्यतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य लगायतकाे उपस्थिति रहेकाे थियाे । यसै गरी कार्यक्रमा शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख शंकरवावु श्रेष्ठ, सामाजिक विकास अधिकृत, नगरपालिकाका शिक्षा, स्वास्थ्य, कृषि, भवन शाखाका प्रमुख, नेपाल बार दोलखाका अध्यक्ष, पत्रकार, नागरिक समाजका प्रतिनिधि, गैह्रसरकारी संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डेले कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा विस्तार गर्नुपर्ने बताउनु भयो । स्थानीय सरकारले आ–आफ्नो कार्य जिम्मेवारीपूर्वक पालना नगरेमा मानव अधिकार समूहले खवरदारी गर्नुपर्ने उहाँले बताउनुभयो ।
भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले भीमेश्वर नगरपालिकाले समुदायको हितका लागि काम गर्ने बताँउदै मानव अधिकार समूहले उठाएका सकारात्मक विषयमा सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समूहले स्थानीय सरकारसँग सहकार्य गर्ने आशा व्यक्त गर्दै नगरका हरेक क्षेत्रका गतिविधीहरू नागरिकमैत्री बनाउन नागरिक समाजले खवरदरी गर्नुपर्ने उहाँले बताउनुभयो । नगर उपप्रमुख बस्नेतले शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास निर्माणमा रहेका कमी कमजोरीलाई समूहले खवरदारी गरेमा सेवाग्राहीको माग समयमै सम्बोधन गर्न भीमेश्वर नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
उद्धव पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
गण्डकीमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा गण्डकी प्रदेशमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा बाल अधिकार समूहहरूको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका…
गण्डकीमा मानव अधिकार समूह परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा प्रदेशस्तरीय मानव अधिकार समूह परिचालन बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा समूहको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका विषयमा छलफल गरिएको थियो…
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…