नगरपालिका भित्र औषधिको अभाव छैन–नगर प्रमुख मिश्र
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिका क्षेत्रमा स्वास्थ्य सेवामा कुनै समस्या नरहेको र औषधिको अभाव नरहेको बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालयद्वारा आयोजित एक कार्यक्रममा प्रमुख मिश्रले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले स्वास्थ्य सेवाको पहुँच सबै नगरवासीमा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
इन्सेकले चाँगुनारायण नगरपालिकामा माघ ९ गते स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत्तरदायी बनाउनका लागि पहल कार्यक्रम अन्तर्गत सरकोकावाला र सेवाग्राहीसँग परिचयात्मक बैठक तथा मानव अधिकार निगरानी समूह गठन कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख मिश्रले नगरपालिका आफैँले ऐम्बुलेन्स सञ्चालन गरेको र चाँगु नारायण क्षेत्रमा सञ्चालित अन्य एम्बुलेन्सलाई पनि वार्षिक १ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्दै आएकाले यहाँका नागरिकले सहज एम्बुलेन्स सेवा पाएको समेत उल्लेख गरेका थिए ।
प्रमुख मिश्रले खाद्य अधिकारमा समेत चाँगुनारायण नगरपालिकाका बासिन्दा सुरक्षित रहेको भनाई राख्दै उनले निजी र सामुदायिक विद्यालयमा भएको विभेदमा अन्त्य गर्न शिक्षामा सुधारको नीति लिएको बताए ।
उनले कक्षा ८ को परीक्षामा निजी र सामुदायिकका विद्यार्थीहरूलाई नगरपालिका स्तरीय एउटै प्रश्न पत्र निर्माण गरी परीक्षा लिने तयारी गरेको बताउँदै चाँगुनारायण शिक्षा समितिले यस क्षेत्रको शिक्षाको स्तर माथि उकास्न रणनीति बनाउन सुरू गरेको उल्लेख गरेका थिए ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका व्यवस्थापन प्रमुख प्रेम पराजुलीले राज्यले जनताका लागि प्रदान गरेको सेवा, सुविधा तथा हक, अधिकार निश्चित तथा लक्षित वर्गसम्म पुगे नपुगेको निगरानी गरी सम्बन्धित क्षेत्रहरू विद्यालय, स्वास्थ्य केन्द्र, अस्पताल, कृषि तथा पशु सेवा अन्तर्गतका सेवा सुविधाको निगरानी गर्न समूह गठन गर्नु पर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ का संयोजक एवम् कार्यक्रमका सभापति कृष्ण गौतमले स्थानीय तहमा नै गएर काम गर्ने र मानव अधिकार संरक्षण तथा निगरानी गरी मानव अधिकारको संरक्षण क्षेत्रको रूपमा नगरपालिकालाई सक्षम बनाउने उद्धेश्यका साथ यहाँ काम प्रारम्भ गरेको बताए ।
उनले सरकारले प्रदान गरेको सेवा तथा सुविधा लक्षित वर्गसम्म पुगे नपुगेको निगरानी गर्ने कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका–७ का वडा अध्यक्ष ज्ञानबहादुर खत्री र वडा नं. ८ का वडा अध्यक्ष परासर सापकोटाले आफ्नै वडाको शिक्षा, स्वास्थ्य र खाद्यको अवस्थाबारे जानकारी दिँदै नगरपालिकामा कोही पनि शिक्षा, स्वास्थ र खाद्य सुविधाबाट वञ्चित नरहेको बताएका थिए ।
कार्यक्रममा बच्चुराम न्यौपानेको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार निगरानी समूह गठन भएको छ ।
समितिको सहसंयोजकमा अम्बिका खत्री तथा सदस्यहरूमा राधाकृष्ण खड्का, गमला बिसुङ्खे, विवेक खड्का, राजेश शाही ठकुरी, रामगोपाल श्रेष्ठ, अञ्जना तजले, प्रल्हादप्रसाद वन, सुमित्रा चौलागाई रहेका छन् ।
गठन भएको समितिले यस नगरपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य र खाद्य, अधिकारको सवालमा समस्याहरु पहिचान गरी प्राथमिकतामा काम गर्ने र मानव अधिकार मैत्री वातावरण बनाउने प्रतिवद्धता जनाएको छ ।
सविना केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…