द्वन्द्वपीडितको उपचार सेवा प्रभावकारी बनाउने प्रतिवद्धता
राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति तथा स्थानीय शान्ति समिति दाङले द्वन्द्वपीडितहरूको उपचारलाई सरल र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।
इएलपी कार्यक्रम अन्तर्गत इन्सेकले चैत २० गते घोराहीमा सेवाप्रदायक निकाय र सेवाग्राहीबिच आयोजना गरेको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै राप्ती उपक्षेत्रीय अस्पतालका अध्यक्ष शङ्करसिंह थापा र स्थानीय शान्ति समिति दाङका संयोजक नेत्रप्रकाश पाण्डेले द्वन्द्वपीडितको उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा सञ्चालन भएको ढाड, हाडजोर्नी तथा कृत्रिम हात, गोडा राख्ने सेवालाई पीडितमैत्री बनाउने प्रतिवद्धता जनाएका छन् ।
उपक्षेत्रीय अस्पतालबाट गत फागुन ८ गतेदेखि सुरु भएको उपचार सेवा प्रभावकारी नभएको, पीडितमैत्री व्यवहार नभएको र उपचारका लागि आवश्यक भौतिक पुर्वाधारको समेत व्यवस्था नगरिएको भन्ने द्वन्द्वपीडितहरूको गुनासो आएको थियो ।
जिल्लास्तरीय मानव अधिकार निगरानी समूहले द्वन्द्वपीडितका गुनासोहरू सम्वोधनको माग गरेपछि अस्पताल विकास समिति र समन्वयको भूमिका खेलिरहेको स्थानीय शान्ति समितिले उपलव्ध स्रोतसाधनको उपयोग गर्दै सरल र पीडितमैत्री सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएका हुन् ।
निगरानी समूहले निर्देशिकाबमोजिम द्वन्द्वपीडितहरूले शरीरमा भएका गोलीका छर्रा निकाल्ने सुविधा नपाएको, बिरामीले पाउने आतेजाते यातायात खर्च नपाएकोलगायतका गुनासा राखेका थिए । अस्पताल विकास समितिका अध्यक्ष थापाले विशेषज्ञ डाक्टर र मनोविमर्शकर्ताको अभावमा सेवालाई प्रभावकारी बनाउन नसकिएपनि उपलव्ध स्रोतसाधनको सदुपयोग गर्दै सेवालाई प्रभावकारी बनाउने बताए ।
निगरानी समूहका प्रतिनिधिले लिखित रूपमै शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयलाई समेटेर सेवाप्रदायक निकायका प्रमुख तथा प्रतिनिधिसमक्ष गुनासा राखेका थिए । निगरानी समूहले पाठ्यपुस्तक सहज रूपमा उपलब्ध गराउन बेलैमा पहल गरिनुपर्ने, शिक्षक दरबन्दी मिलान गरिनुपर्ने, विद्यालयलाई लैङ्गिकमैत्री बनाउनुपर्ने, ग्रामीणस्तरका स्वास्थ्य चौकी अझै पनि १० देखि ५ बजेसम्म खुल्न नसकेको भन्दै कार्यालय समयसम्म सेवा प्रदान गरिनुपर्ने, समयमै औषधि पुर्याउनुपर्ने, कृषि उपजमा बढ्दो विषादीको प्रयोग रोक्नुपर्ने, कृषकलाई जैविक विषादीको निर्माण तालिम दिनुपर्ने, पशु विमा, बाली विमाबारे कृषकहरूलाई जानकारी गराउनुपर्ने, बजार अनुगमनलाई नियमित गरिनुपर्नेलगायतका सवालहरू सेवाप्रदायक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई सुनाएका थिए ।
जबाफमा सेवाप्रदायक निकायहरू शिक्षा कार्यालय, जनस्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय, पशुसेवा कार्यालय, महिला तथा बालबालिका कार्यालय, राप्ती उपक्षेत्रीय अस्पताल, स्थानीय शान्ति समितिले कार्यालयबाट दिइने नागरिक सेवालाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका थिए ।
सो अवरमा बोल्दै नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले सेवाग्राहीलाई सचेत बनाउने र सेवाप्रदायकलाई जिम्मेवार बनाउन इन्सेकले महत्वपूर्ण भूमिका खेलेको बताए । इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्जका संयोजक भोला महतले नागरिकका सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारको रक्षा गर्न इन्सेकले यस्ता छलफलको कार्यक्रम गरिरहेको जानकारी दिए ।
जे एन सागर
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक जिल्ला प्रतिनिधि मल्ल सम्मानित
मानव अधिकार र श्रमजीवि पत्रकारको अधिकारका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेक जिल्ला प्रतिनिधि कालिबहादुर मल्ललाई प्रेस चौतारी नेपाल कालिकोटले सम्मानित गरेको छ । कालिकोट जिल्लामा बसेर मानव अधिकार रक्षकका…
बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…