दोलखामा मानव अधिकार अवस्थाबारे छलफल
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर दोलखामा मानव अधिकारको वर्तमान अवस्थाका बारेमा छलफल गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सचेतन् तथा विकास केन्द्र (हुराडेक) नेपालले संयुक्त रूपमा आयोजना गरेको मानव अधिकारको वर्तमान अवस्था विषयक अन्तरक्रियामा इन्सेक दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलले मानव अधिकारको वर्तमान अवस्थाको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए ।
सो अवसरमा इन्सेक प्रतिनिधि पोखरेलले यस वर्ष दोलखामा सबैभन्दा बढी महिला हिंसाका घटना भएको जानकारी गराएका थिए । यो वर्ष दोलखामा बलात्कारका ११ ओटा, बहुविवाहका दुई ओटा, कथित बोक्सीको आरोपमा एक ओटा, बालविवाह एक ओटा घटना भएको पोखरेलले जानकारी दिए । इन्सेकमा अभिलेखित घटना मध्ये १८ वर्षमुनिका पाँच बालिका बलात्कृत भएको उल्लेख छ ।
अन्तरक्रिया कार्यक्रममा सांसद आनन्दप्रसाद पोखरेलले आर्थिक, सामाजिक तथा सांस्कृतिक, शैक्षिकलगायत सबै पक्षबाट समृद्ध हुन सके मात्र मानव अधिकारको सबैले उपभोग गर्न सक्ने बताए । नेपाल सबैखाले अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गर्ने मुलुक भएको भएपनि कार्यन्वयन पक्षमा फितलो रहेकोमा उनले चिन्ता व्यक्त गरे ।
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालले मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा सबै पक्षको महत्वपूर्ण भूमिका रहने र मानव अधिकारको सबै नागरिकले अनुभूति गर्न पाउनु पर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी रविन कार्कीले प्रहरीले मानव अधिकारको संरक्षण र सम्मान हुने गरी कार्यसम्पादन गर्दै आएको बताए ।
यसैगरी दोलखाका सहायक न्यायाधिवक्ता कैलाश दाहालले मानव अधिकारको सन्देशलाई गाउँ टोलसम्म पुर्याउनु पर्नेमा जोड दिँदै कुनै एक पक्षले मात्र मानव अधिकारको संरक्षण गर्न नसकिने बताए ।
उद्धव पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…