दैलेखको लाँकुरीमा बालविवाह रोकथामसम्बन्धी अन्तरक्रिया
महिला तथा बालबालिका कार्यालय दैलेख र मानव अधिकार निगरानी समूह लाँकुरीको संयुक्त आयोजनामा डुङ्गेश्वर गाउँपालिका-२, लाँकुरीमा चैत २ गते बालविवाह रोकथामका लागि समुदायको भूमिका विषयमा अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयकी फोकल पर्सन सरस्वती मल्लले बालविवाह रोकथामका लागि समुदायले नै पहल गर्नुपर्ने बताउँदै गैरसरकारी क्षेत्र वा नागरिक समाजले सहयोगीको भूमिका मात्र खेल्ने विचार राखिन् । उनले बालविवाह सामाजिक समस्या भएकाले समुदायको अग्रसरता जरूरी हुने औँल्याइन् ।
कार्यक्रममा जनकल्याण मावि सेर्माकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र बिकले बालविवाहले पार्ने आर्थिक, सामाजिक हानी नोक्सानीका बारे अझै जनचेतना आवश्यक रहेको विचार राखे ।
जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह दैलेखका संयोजक ज्योती कटुवालले समाजमा हुने अन्याय अत्याचारका विषयमा खुलेर बोल्न सके पीडितलाई न्याय दिलाउन सहज हुने तर्क राखे ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका बालसंरक्षण निरीक्षक गोविन्द खत्री, नेपाली कङ्ग्रेसका पदम बुढा, एमालेका रूद्रबहादुर विष्टलगायतले बालविवाह रोकथामका लागि समुदायको भूमिकाका विषयमा आआफ्नो विचार राखेका थिए ।
कार्यक्रममा स्थानीय राजनीतिक दल, सरकारी निकाय, सामाजिक अगुवा तथा नागरिक समाजहरूले लाँकुरीमा बालविवाह कुनै पनि बाहनामा स्वीकार्य नहुने र बालविवाह रोकथाममा जुट्ने सामूहिक लिखित प्रतिवद्धता जनाएका छन् ।
अमर सुनार
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार समूह, निड्स नेपाललगाायतका संघसंस्थाहरुको संयूक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर १७ र १८ गते सडक…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
माछापुच्छ्रे गाउँपालिका– ३ घाचोकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित माछापुच्छ्रे मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर १८ गते सम्पन्न भएको छ । कार्यक्रममा…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…