देवचुली नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न
देवचुली नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक भदौ २९ गते सम्पन्न भएको छ ।
समूहका अध्यक्ष कृष्णबहादुर बिकको अध्यक्षता बसेको बैठकले गत वर्ष मानव अधिकार समूहबाट भएका कार्यहरुको समीक्षा गर्दै यस वर्ष गरिने कार्यहरुको बारेमा छ्लफल गरिएको थियो । इन्सेक सहजकर्ता राजु चापागाईले यस वर्ष इन्सेकबाट देवचुलीका लागि तय भएका कार्यक्रमको बारेमा जानकारी गराउँदै गत वर्ष समूहबाट गरिएको राम्रा कार्यहरूको निरन्तरता दिन अनुरोध गर्नुभएको थियो ।
समूहको बैठकले देवचुली नगरपालिकामा मानव अधिकार प्रवर्धनका लागि समुदाय र बालबालिकाका लागि मानव अधिकार सचेतना कार्यक्रम सञ्चालनका लागि देवचुली नगरपालिकामा माग गर्ने, नगर भित्र रहेका विद्यालयहरुको दिवा खाजा लगायत सरसफाई र शैक्षिक अवस्थाको अवलोकन गर्ने, नगरमा उद्योगबाट भइरहेको प्रदुषण न्यूनीकरणलाई देवचुली नगरपालिकालाई समन्वयका लागि अनुरोध गर्ने, नगरपालिकामा ध्यानाकर्षण गराउने विषयहरुको बारेमा आगामी समस्या पहिचान तथा कार्ययोजना बैठकमा पेश गर्ने र असोज २ गते बुधबार कार्ययोजना बैठक बस्ने निर्णय गरेको छ ।
दयाराम आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…