देवचुली नगरपालिकामा बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सुरू
देवचुली नगरपालिकामा बाल अधिकार समुहका लागि बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम पुस २६ गते सुरू भएको छ ।
इन्सेक गण्डकी प्रदेशको आयोजनामा देवचुली नगरपालिकाको भीमसेन आदर्श माध्यामिक विद्यालय र कालिका माध्यामिक विद्यालयका बाल अधिकार समुहका सदस्यहरूलाई दुई दिनको तालिम सुरू भएको हो ।
दुई दिन सम्म बाल अधिकार र बाल संरक्षण, बाल अधिकार सम्बन्धि ऐन २०७५ तथा बाल अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि १९८९, बालमैत्री स्थानीय शासन, बाल यौन शोषण, दुर्व्यवहार तथा बेचविखन, भित्ते पत्रिका चिनारी, विद्यालय तथा समाज स्वच्छ वातावरण मैत्री बनाउन बालबालिकाहरूको भूमिका विषयमा सहभागीहरूलाई गरिनेछ छ ।
साथै बालमैत्री स्थानीय शासनका लागि देवचुली नगरपालिकाको नीति तथा कार्यक्रमहरू, लैंगिक हिंसा र जातीय छुवाछूत, संगठन व्यवस्थापन र नेतृत्वशैली, बाल अधिकार र जिम्मेवारी, बाल अधिकार समूह संचालन प्रक्रिया र यसको जिम्मेवारी लगायतको विषयमा पनि सहभागीहरूलाई सहजीकरण गरिने इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले बताउनुभयो ।
तालिमको उद्घाटन गर्दै देवचुली नगर प्रमुख हरी प्रसाद न्यौपानेले देवचुली नगरपालिका नेपालकै दोस्रो बालमैत्री स्थानीय तह भएकाले बालबालिकाको अधिकारका लागि नगर सदैव अगाडि रहेको बताउँदै बालबालिका सशक्तीकरणका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । दुई दिनसम्म तालिममा सिकेका कुरालाई विद्यालयका अन्य विद्यार्थीहरूलाई समेत सिकाउनका लागि भीमसेन आदर्श माविका प्रधानाध्यापक अग्निधर भुसालले सहभागीलाई आग्रह गर्नुभयो ।
तालिममा पहिलो दिन देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी ,इन्सेक प्रदेश संयोजक शिव खकुरेल, इन्सेक कार्यक्रम अधिकृत सवनम शर्मा, जिल्ला सहजकर्ता राजु चापागाईं, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्मा लगायतले सहजिकरण गर्नु भएको थियो ।
देवचुली नगरपालिका मानव अधिकार समुहको अध्यक्ष कृष्णबहादुर विकको अध्यक्षता भएको तालिम उद्घाटनसत्रमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, भीमसेन आदर्श माविका प्रधानाध्यापक अग्निधर भुसाल, विद्यालयका संरक्षक शिक्षकहरु लगायतको उपस्थिति थियो ।
तिर्थराज डुम्रे
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व धादिङमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक धादिङ जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व नुवाकोटमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक नुवाकोट जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व रामेछापको मन्थलीमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक रामेछाप जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व सिन्धुपाल्चोकमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
मानव अधिकार दिवसको अवसरमा प्रभात फेरी
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाहरूको संयुक्त आयोजनामा ०८० मङ्सिर २४ गते विहान जनकपुरधाममा प्रभात फेरीको आयोजना गरिको छ । भविष्यमा मानव अधिकार संस्कृतिलाई एकिकृत…