दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना
तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह विरुद्ध कानुनी सचेतना कार्यक्रम गरिएको हो । बालविवाह विरुद्ध कानुनी सचेतना कार्यक्रमको सहजीकरण वरिष्ठ अधिवक्ता देवेन्द्र बहादुर शर्माले गर्नु भएको हो ।
विवाह बारी २० वर्ष पारी भन्ने नेपाल सरकारको नारा भएपनि यहाँका गाउँबस्तीमा कम उमेरमा विवाह गरेका छन् । जसका कारण मानव बृत्ति विकासमा प्रत्यक्ष असर पर्ने गरेको छ । बालविवाह गर्न कानुनमा लेखिए पनि कार्यन्वयनमा आउन सकेको पाइदैन । बालविवाह न्यूनिकरण गर्नका लागि एक दिवसीय बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले बताउनु भयो ।
बालविवाह विरुद्ध कानुनी सचेतना कार्यक्रम सहजीकरण गर्दै वरिष्ठ अधिवक्ता शर्माले भन्नुभयो कानुनको पालन सवै नागरिकले गर्नु पर्दछ । २० वर्ष नपुगी विवाह गर्न नपाइने हाम्रो कानुनी प्रवधान रहेको छ । तर पनि हाम्रा गाउँ ठाउँमा बालविवाह भइरहेको देखिन्छ । यसमा राज्यका निकायदेखि समुदायका नागरिक सचेत हुन जरुरी रहेको छ ।
नेपालको संविधानको धारा ३९ को उपधारा ५ ले कुनै पनि बालबालिकाको हक स्थापित गर्नुका साथै २० वर्षभन्दा कम उमेरमा गरिने विवाह कानुनतः दण्डनीय र गैरकानुनी हुने भएकाले बदर हुने व्यवस्था गरिएको वरिष्ठ अधिवक्ता शर्माले बताउनु भयो । यस्तै कसुर गर्ने व्यक्तिलाई एक वर्ष कैद र १० हजार जरिबाना हुनसक्ने प्रावधान छ ।
बालविवाह गराउने अभिभावकलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र १ हजारदेखि १० हजार रुपैंयासम्म जरिवाना तोकिएको छ । बालविवाह गराउने पुरोहित, जन्ती जानेहरु र बालविवाहमा सहमती जनाउने सबैलाई १ महिना कैद वा १ हजार रुपैंयासम्म जरिवाना गर्ने कानुनी व्यवस्था गरेको छ ।
मानदत्त रावल
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल विवाहसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर २१ गते बाल विवाहसम्बन्धी सडक नाटक…
ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक छः पूर्व मन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेशका पूर्व मन्त्री एकलाल श्रेष्ठले ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना,…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
मादी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर २२ गते सम्पन्न भएको छ । कार्यक्रममा मादी गाउँपालिका– ४…
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा कावासोतीमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम २०८० मङ्सिर २३ गते सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्याली
देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् । कालिका माध्यमिक विद्यालयको…