दुई विद्यालयमा बाल अधिकार परिचालन कोष हस्तान्तरण

  ०८१ कात्तिक २६ गते

पञ्चपुरी गाउँपालिका–२, पलैँटेस्थित सूर्यप्रकाश माध्यामिक विद्यालय र पञ्चपुरी नगरपालिका–५ स्थित विद्याज्योति माध्यामिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार समूहलाई बाल अधिकार परिचालन कोष हस्तान्तरण गरिएको छ ।

इन्सेक कर्णाली प्रदेशको आयोजनामा ०८१ कात्तिक २५ गते मानव अधिकार शिक्षा कार्यक्रम अन्तरर्गत सूर्यप्रकाश माध्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक खगेन्द्र प्रसाद पौड्याल र विद्याज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक दोर्णराज पाठकलाई समूहका लागि ७/७ हजार रुपियाँ चेक मार्फत हस्तान्तरण गरिएको हो । उक्त रकम इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन ललिता विकले हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयका प्रधानाध्यापकद्वयले उक्त रकमले बाल अधिकार समूहलाई आगामी दिनमा पनि कार्यक्रमहरू गर्न प्रेरित गर्ने बताएक छन् । यस रकम मार्फत बाल अधिकार समूहले शिक्षा र समग्र बाल अधिकारका सवालमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्ने विद्यालयले जनाएका छन् । इन्सेकद्वारा गठित हरेक बाल अधिकार समूहलाई विगतदेखि नै बाल अधिकार परिचालन कोष हस्तान्तरण गर्दै आएको फोकल पर्सन विकले जानकारी दिनुभयो ।

Photo11112024Surkhet

Photo11112024Surkhet1

जगतदल जनाला विक