मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु

  ०७९ फागुन २९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम मनहरी एफ एम को सभाहलमा ०७९ फागुन २९ गते सुरु भएको छ ।

30 Makwan3

तालिमको उदघाटन सत्रमा इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले मानव अधिकारको हकलाई सम्बोधन गराउने उद्धेश्यले स्थापना भएको स्मरण गर्दै अहिले शिक्षा, स्वास्थ्य, जातीय विभेद न्युनिकरण तथा वातावरणीय क्षेत्र, खाद्य र अधिकारको साथै मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको अभिलेखिकरण गर्दै आएको बताउनुभयो ।

30 Makwan2

यस पालिकामा शिक्षा क्षेत्रमा देखिएको समस्या, विद्यालयमा विषयगत शिक्षक अभाव लगायतको क्षेत्रमा मानव अधिकार समूह र सरोकारवालाहरूको ध्यानाकर्षण भई समस्या समाधान तर्फ पालिका अग्रसर हुनुपर्नेमा भण्डारीले जोड दिनुभयो ।

यस कार्यक्रमको उदेश्य महिला, बालबालिका, दलित तथा पिछडिएका अन्य अल्पसङ्ख्यक र जोखिममा परेका सममुदायको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको संरक्षण गरी शिक्षा, स्वस्थ्य र वातावरणको अधिकारको विषयमा कानुनी प्रावधानहरूको पहुँचमा वृद्धि गर्नुपर्ने न्यौपानेले बताउनु भयो ।

30 Makwan

इन्सेक बागमती प्रदेश कार्यलय, हेटौँडा