क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाको आयोजनामा चितवनको कालिका नगरपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम ०७९ चैत १६ गते शक्तिखोरमा सम्पन्न भयो ।
समापन कार्यक्रममा मानव अधिकार समूहका संयोजक तथा यस कार्याक्रमको अध्यक्षयता ग्रहण गर्नुभएका निर्मला थापाले मानव अधिकार उलङ्घन सम्बन्धी कार्यहरू न्यूनीकरण गर्न मानव अधिकार समूह लागि पर्ने बताउनु भयो ।
उहाँले मानव अधिकार समूहले स्थानीय जनता र स्थानीय तहबीच जहिले पनि पुलको काम गर्ने धारणा राख्नुभयो ।
समापन कार्यक्रमका प्रमूख अतिथि तथा कालिका नगरपालिका वडा न. ९ का वडा अध्यक्ष निलकन्ठ मगरले यो कार्यक्रम आफ्नो पालिकामा लागु भएकोमा खुसी व्यक्त गर्दै आफू सक्षम भएपछि मात्र समाजलाई मर्यादित र मानव अधिकार मैत्री समाज बनाउन सकिने बताउनु भयो ।
उहाँले मानव अधिकार समूहले आयोजना गर्ने कार्यक्रममा आफू पनि हातेमालो गर्दै अगाडि बढ्ने र कुनै पनि समस्या समाधान गर्दा कुनै अप्ठयारो आइपरेमा त्यसको समाधानको लागि आफ्नो वडा सधै तत्परताका साथ लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष मगरले समूहका सदस्यहरुले लिएको तालिक आफूमा सिमित नराखेर पालिकाका सबै जन्तामाझ पुराउन पनि अनुरोध गर्नुभयो ।
त्यस्तै इन्सेक बागमती प्रदेश संयोजक गणेश भन्डारीले व्यक्ति सक्षम भए घर परिवार र घर परिवार संवृद्धि भए समाज र राष्ट्रलाई संवृद्ध बनाउन सक्छौँ यसको लागि हरेक व्यक्तिमा चेतनाको विकास हुनु आवस्यक रहेको बताउनु भयो ।
मानव अधिकार भनेको के हो रु नेपालको संविधानले व्यवस्था गरेको मौलिक हक अन्तर्गतका आर्थिक सामाजिक साँस्र्कतिक अधिकारको पहिचान र यसलाई कसरी अनुगमन गर्ने भन्ने कुरामा तालिम पश्चात मानव अधिकार समूहका पदाधिकारी सक्षम हुने लक्ष इन्सेकले लिएको उहाँले उल्लेख गर्नु भयो ।
यो पालिकामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्याजतीका धटनाहरूलाई कम गरी यो मानव अधिकार समूह मानव अधिकार मैत्री समाज निर्माण गर्न लागि पर्ने छ विश्वासका साथ तालिमको आयोजना गरेको पनि संयोजक भण्डारीले बताउनु भयो ।
इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले जनताको बोली बोल्नसक्ने वौद्धिक क्षमता भएको व्यक्तिले नेतृत्वदाई भूमिका निर्वाह गर्नसक्ने उल्लेख गर्दै नेतृत्व विकासका लागि आवश्यक ज्ञानका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
इन्सेक बागमती प्रद्रेश कार्यालयका कार्यक्रम अधिकृत बालुका न्यौपानेले मानव अधिकार भनेको स्वतन्त्रता समानता र न्यायको संघम थलो भएको बताउनु भयो ।
उहाँले हुनत लोकतान्त्रिक शासन पद्धतिमा राज्यलाई मानव अधिकारको संरक्षक मानिन्छ तर सर्वसाधारण जन्ताहरूले त्यसको अनुभूति गर्न पाइरहेका छैनन् भन्ने धारणा उहाँको थियो । साथै उहाँले यस पालिकामा मानव अधिकारको अनुभुति गर्न यो कार्यक्रमले सहयोग पुर्याउने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्याक्रममा मानव अधिकार समूहका पदाधिकारी, सदस्य र सरोकारवालाहरूसहित २५ जनाको सहभागीता रहेको थियो ।
मानव अधिकारको ऐतिहासिक विकासक्रम, नेपालको संविधानमा भएका मौलिक हक र नागरिकको कर्तव्य, महिला तथा बाल अधिकार अन्तर्गत समाजमा हुने घरेलु हिंसाको पहिचान र कानुनी उपचार, नेतृत्व विकासका लागि आवश्यक ज्ञान लगायतका विषयबारे तालिममा सहजिकरण गरिएको अधिकृत न्यौपानेले बताउनु भयो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
बागमती प्रदेशको मानव अधिकार अवस्था र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले आयोजना गरेको बागमती प्रदेशको मानव अधिकार अवस्था र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम ०८० जेठ २६ गते हेटौँडामा सम्पन्न भएको छ…
हेटौँडामा मिडिया साझेदारी बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा ०८० जेठ २५ गते हेटौँडामा मिडिया साझेदारी बैठक सम्पन्न भएको छ । बागमती प्रदेशमा भएको मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई कसरी कम…
बागमती प्रदेश प्रहरी प्रमुखसँग इन्सेकको टोलीद्वारा मानव अधिकारको विषयमा छलफल
बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणासँग इन्सेकको अध्यक्ष डा. कुन्दन अर्याल नेतृत्वको टोलीले ०८० जेठ २५ गते मानव अधिकार अवस्थाको विषयमा छलफल गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयमा…
प्रदेशस्तरीय बाल अधिकार चेतना समूहको बैठक सम्पन्न
सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकार चेतना समूहको बैठक जेठ २६ गते धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बालबालिकाहरु मानसिक, शारीरिक र सम्बेगात्मक…
मानव अधिकार समूहद्वारा ध्यानाकर्षण-पत्र हस्तान्तरण
कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहले मानव अधिकारका क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न पाँच बुँदे मागसहित गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई भेटी जेठ २४ गते ध्यानाकर्षण–पत्र बुझाएको छ । गाउँपालिका क्षेत्रमा देखिएका…