दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाले भक्तपुरमा न्यायिक समिति र मानव अधिकार समूहका सदस्यहरूका लागि पुस ७ र ८ गते आयोजना गरेको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक जुना बस्नेतले यस तालिमले नगरापालिकाले उपलब्ध गराउने सेवा चुस्तदुरुस्त बनाउन मानव अधिकार समूहले निगरानी गर्नुपर्ने बताउनु भयो ।
उहाँले स्थानीय तहले गर्ने काम र उपलब्ध सेवाका बारे मानव अधिकार समूहले सर्वसाधरण जनतासम्म पुर्याउन सचेतनाका कार्यक्रमको आयोजना गरे पालिका सहकार्य गर्न तयार रहेको जानकारी दिनु भयो ।
तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख एवम् सह–सचिव यज्ञप्रसाद अधिकारीले संविधानको मौलिक हकको रूपमा रहेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो ।
सरकारले नीति तथा कार्यक्रममा राख्दै बजेट समेत विनियोजन गरेको अवस्थामा जनताको जीवनस्तर उकास्न सक्यो कि सकेन भनेर जान्नु आवश्यक रहेको औल्याउँदैे मौलिक हकको रूपमा रहेका अधिकारको प्राप्त गर्न सबै सचेत हुनु पर्ने उहाँको भनाई थियो ।
बागमती प्रदेश सरकारले फुसको छानोलाई जस्ताको छानोमा परिवर्तन गर्ने नीति अगाडि बढाएको चर्चा गर्दै उहाँले अधिकारको सुनिश्चित कार्यान्वयका लागि स्थानीय सरकार पनि प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहसचिव अधिकारीले सहभागीलाई मानव अधिकारको विषयसँगै शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारकाबारेमा प्रशिक्षण समेत दिनुभएको थियो ।
कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक कृष्ण गौतमले राज्यले मानव अधिकारसम्बन्धी लिएको नीति कार्यान्वयनमा आउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले नयाँ संविधानले सुनिश्चित गरेको आर्थिक, राजनीतिक, सांँस्कृतिक अधिकार मध्ये मानवका लागि अत्यावश्यक शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकार जनतस्तरसम्म पुग्नु पर्नेमा जोड दिनुभयो ।
सरकारले मौलिक हकका रूपमा ल्याएको नीति तथा कार्यक्रम र जनताका बीच भेट भए/नभएको वा जनस्तरसम्म ती कार्यक्रम पुग्यो पुगेन भनेर चासो दिनुपर्ने संयोजक गौतमको भनाई थियो ।
गौतमले भन्नुभयो, “सरकारले जनताको मौलिक अधिकार कार्यान्वयनका लागि पठाएको नीति तथा कार्यक्रमका लागि आएको बजेट एकातिर फ्रिज हुने र अर्कोतर्फ लक्षित समूहसम्म बजेट तथा कार्यक्रम नपुग्ने समस्या रहेको छ, यो समस्यालाई चिर्दै जनताको अधिकार कहाँ कहाँ छन् भनेर जानकारी दिन यो तालिम प्रभावकारी हुनेछ ।”
कोभिडले पारेको प्रभावकाबीचमा पनि कार्यक्रमहरू भएको चर्चा गर्दै उहाँले जनताले संविधानमा लेखेको आफ्नो अधिकार कसरी प्राप्त गर्ने भन्नेबारेमा दुईदिने तालिममा छलफल गरिने इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीले बताउनु भयो ।
उहाँले मानिसको आधारभूत बाँच्न पाउने अधिकारकाबारेमा छलफल गर्दै शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारलाई जनस्तरसम्म कसरी सुनिश्चित गर्न सकिन्छ भन्नेबारेमा अन्तरक्रियात्मक छलफल गरिने बताउनुभयो ।
भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा गठन भएको मानव अधिकार समूह र न्यायिक समितिका सदस्यहरूका लागि सञ्चालन गरेको तालिममा मानव अधिकारकोबारेमा सूर्यविनायक नगरपालिकाका कार्यक्रम निर्देशक अनिरुद्र नेपाल, चाँगुनारायण नगरपालिका महिला विकास विभाग प्रमुख निलु घिमिरे, स्वास्थ्य अधिकृत पुण्यप्रसाद काफ्लेलगायतले पालिकाले उपलब्ध गराउने सेवा र पालिकाको नीति तथा कार्यक्रम बारे सहजिकरण गर्नु भएको थियो ।
त्यसअवसरमा चाँगुनारायण नगरपालिका न्यायिक समितिका सदस्य धनबहादुर लामा, मानव अधिकार समूह सूर्यविनायकका संयोजक कृष्णप्रसाद न्यौपाने, मानव अधिकार समूह चाँगुनारायणका संयोजक बच्चुराम न्यौपानेले इन्सेकले सुरु गरेको कार्यक्रम र गठन गरेको समूहका कारण मानव अधिकारकाबारेमा धेरै जानकारी पाउने र गाउँ गाउँमा पुर्याउने अभियानसँगै पालिकामा आफ्ना अधिकार खोज्ने तहसम्मका गतिविधि सुरु भएको बताउनुभयो ।
रमेश गिरी
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा अभिमुखिकरण कार्यक्रम शुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८० जेठ २२ गते जनकपुरधाममा बलपूर्वक बेपत्ता पारिएका पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका प्रदेश संयोजक र प्रलेख अधिकृतहरूलाई अभिमुखिकार्यक्रम…
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला…