दिगो विकासका लागि नागरिक समाज र सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूको भनाई
दिगो विकासका लागि नागरिक समाज र सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने कुरा सरोकारवालाहरूले औल्याएका छन् । इन्सेक सिन्धुपाल्चोकद्वारा ०७६ माघ ९ गते चौतारामा आयोजित “विकासको लागी नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य” विषय अन्र्तक्रिया कार्यक्रममा जिल्लाका नागरिक समाजका प्रतिनिधिहरूले सो कुरा बताएका हुन् । अन्र्तक्रिया कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले दिगो विकासका लागि नागरिक समाजको मार्ग निर्देशन, सुझाव र सञ्चारकर्मीको खबरदारि सदैव कायम रहनु पर्ने बताउनु भयो ।
इन्सेकद्वारा सञ्चालित एफएचआई परियोजनाको नागरिक समाजको आम रुपमा सकारात्मक छवि निर्माणमा लागि पहल कार्यक्रम अन्र्तगत भएको अन्र्तक्रिया कार्यक्रमा नेपाल बार इकाइका सदस्य तथा अधिवक्ता सशिनाथ आर्चायले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
अधिवक्ता आचार्यले प्रस्तुत गर्नुभएको कार्यपत्रमा दिगो विकासको सरकारी लक्ष्य नागरिक दबाब र खबरदारी नरहेसम्म चरम बेथिती, भ्रष्टाचार र लुटतन्त्रमा परिणत हुन सक्नेकुरा औल्याउनु भएको छ । अबको नागरिक आन्दोलनको बहस भूकम्प पछिको पुननिर्माणको अवस्था काहाँ पुगेको छ ? के अहिले बनेका दुई कोठे छाप्रो घरमा नागरिकहरू सुरक्षित छन् ? दिनदिनै लैङ्गिक हिंसा र मानव अधिकार उल्लङ्घनका घटना भइरहेको पाइन्छ ती घटनाका पीडितहरूले के न्याय पाएका छन् ? स्थानय तहले अघि सारेका बिकास योजनाहरूले साच्चै जनताको जीवनमा परिवर्तन ल्याउन सक्ने छन् ? आर्थिक सामाजिक र साँस्कृतिक अधिकारहरू यथास्थितीकै अवस्थामा छन् के राज्य संरचनामा परिवर्तन सँगै यी अधिकारहरूमा आमुल परिवर्तन आउनु पर्ने होइन ? शहीद परिवार, द्वन्द्व पीडित, विस्थापित नागरिकहरूले अझैसम्म न्याय नपाउनुको कारण के हो ? सत्य निरुपण तथा मेलमिलाप आयोगले किन प्रभावकारी काम गर्न सकिरहेको छैन ? विस्तृत शान्ति संझौताको पूर्ण कार्यान्वयन नहुनाले पुनः राजनीतिक द्वन्द्व निम्तिएको छ, के यो समस्या नागरिक समाजको सवाल हुन पर्छ कि पर्दैन ? भन्ने कुरा कार्यपत्रमा उल्लेख छ ।
कार्यक्रममा प्रस्तुत भएको कार्यपत्र माथि टिम्पणी गर्दै नेपाल पत्रकार माहासंघका पूर्व अध्यक्ष युवराज पुरीले वर्तमान अवस्थामा नागरिक अभियान किन सिथिल भएको हो ? त्यसको खोजी गरिनु पर्ने बताउनु भयो । पुरीले नागरिक आन्दोलनका अभियान्ताहरू नागरिक अभियान भन्दा राजनीतिककर्मी भएर नागरिक समाजको अभियान कमजोर भएको बताउनु भयो ।
एकिकृत अखित नेपाल शिक्षक सङ्गठनका जिल्ला उपाध्यक्ष राजकुमार यादवले गाउँ–गाउँमा युवा नभएर गाउँ खाली भएर पनि नागरिक आन्दोलन सिथिल भएको बताउनु भयो । नेपाल बार इकाईका अध्यक्ष भेषराम ढकालले वर्तमान अवस्थामा सबैतिर उत्तरदायित्व र जवाफदेहीता शुन्य भएको अवस्था देखिएको बताउनु भयो ।
अन्र्तक्रिया कार्यक्रमा अधिकारकर्मी हरि तिमल्सीना, यज्ञ दंगाल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष तुलसीप्रसाद दंगाल, नेपाल पत्रकार माहासंघका सचिव दिनेश थापा, गैसस माहासंघका सचिव प्रकाश नेपाल, सञ्चारकर्मी यज्ञ दंगालले वर्तमान समयमा नागरिक अभियान कमजोर भएको औल्याउदै त्यसलाई सुधार गरेर लैजानुपर्ने धारण राख्नुभयो । दलित अधिकारकर्मी रोजिना घतानीको अध्यक्षतामा कार्यक्रम सञ्चालन एको थियो ।
नातिबावु धिताल
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार परिचालन कोष हस्तान्तरण
दुल्लू नगरपालिकास्थित ने.रा. मावि, किर्तिखम्ब, प्रेम देवी मावि, पादुका र चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित जयदेव मावि, जम्बकाँध, जनता मावि, बस्तेकोटका विद्यालयहरूमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार समूहलाई बाल…
मानव अधिकारकर्मी एवम् इन्सेक जिल्ला प्रतिनिधि रावल सम्मानित
मानव अधिकारकर्मी एवम् इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावल सम्मानित हुनुभएको छ । लामो समयदेखि मानव अधिकार तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर कलम चलाउँदै आउनुभएका रावललाई स्व. दीपबहादुर स्मृति प्रतिष्ठान…
यूपीआरको प्रतिवेदन तयारीसम्बन्धी प्रदेशस्तरीय छलफल सम्पन्न
इन्सेकले पोखरामा असोज १८ गते एक कार्यक्रमको आयोजना गरी विश्वव्यापी आवधिक समीक्षा(युपिआर) का लागि प्रतिवेदन तयारीसम्बन्धी प्रदेशस्तरीय छलफल गरेको छ । चौथो चरणको समीक्षाअन्तर्गत सन् २०२६ को जनवरीमा यूपीआरमा नेपालको…
बलात्कार घटनाकी पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय अन्तरगतको मानव अधिकार सहायता कक्षले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ असोज १८ गते आर्थिक सहयोग १० हजार रुपियाँ प्रदान गरेको…
मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन प्रदेश सभामा प्रस्तुत गर्न प्रतिबद्ध छुःमन्त्री सार्की
मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन प्रदेश सभामा प्रस्तुत गर्ने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले प्रतिबद्धता जाहेर गर्नुभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज १८…