दलित बस्तीमा मतदाता शिक्षा
स्थानीय युवा उत्तम पन्थीले विभिन्न प्रलोभन देखाएर पार्टी प्रवेश गराउने दलको चङ्गुलमा दलित समुदाय सधैँ फस्दै आएको बताए । 'चुनावका बेला यो समुदायका मतदाता थुप्रै पार्टीमा प्रवेश गर्छन ।'-पन्थीले भने-'चेतनाको कमी र विपन्नताको फाइदा दलहरूले लिइरहेका छन् ।'
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेक क्षेत्रीय कार्यालय पोखराको टोलीसँग कुरा गर्दै दलित अगुवाले यस्तो गुनासो गरेका हुन् ।
'कस्तो नेता छान्ने ? उनीहरूले आफू बुझने कुरा हो ।'-उनले भने-'चेतना छैन । विद्युतका मिटर र पाइप पाउने आशमा आस्था र मत बेचिएका छन् ।' नेपाली काङ्ग्रेसको तर्फबाट रेसुङ्गा नगरपालिका ७ को वडा सदस्यमा सिफारिस भएकी ३५ वर्षीया मैयाँ बिकले हिम्मतले उठेपनि आफ्नै दिदी बहिनीबाट असुरक्षित भएको बताइन् । 'जुन दलको भएपनि १४/१५ घर दलित बस्तीमा एउटा सदस्य पाइयो ।'-उनले भनिन-'तर, सबै नमिले यो पनि असुरक्षित छ ।'
'मलाई चुनावले खुसी होइन पीडा दिएको छ ।'-रेसुङ्गा नगरपालिका-७ का ३२ वर्षीय बावुराम बिकले भने-'विपन्नलाई के को चुनाव ? धेरैलाई भोट दिएका छौँ ।'-उनले भने-'खै दलितका निम्ति केही परिवर्तन भएन ।' उनले काम गर्नेको लागि एक दिन वा एक घण्टा ठूलो हुने बताए । उनले चुनावमा आफूहरूलाई भोटको पकेट क्षेत्र मात्र बनाइएको आरोप लगाए ।
सोही ठाउँका ५१ वर्षीय चेतमान चुँदराले दलितहरू एकजुट नभएकै कारण गैरदतिलबाट पीडित बन्नुपरेको गुनासो राखे । 'अरू बेला पीडा र सम्वेदनाका कुरा गर्ने ?'-उनले भने-'चुनावको बेला दलित समुदायहरू नै विभाजन हुने भएकाले समस्या उत्पन्न हुन्छ ।' चुँदराले जहिले पनि दलित समुदाय चुनावको बेला मात्र उपयोग भइरहेको बताए ।
जिल्लामा निर्वाचन पुर्वको अवस्थाका बारेमा अनुगमनका लागि आएका इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेलले दलित समुदायलाई मताधिकारका बारेमा जानकारी गराएका थिए । उनले निर्वाचनका बेला प्रलोभन र डर धम्कीका कारण कसैलाई पनि भोट नदिन दलित मतदातालाई आग्रहसमेत गरे । उनले कसरी मत सुरक्षित गर्ने र कस्तो उमेदवार छान्ने भन्ने विषयमा पनि दलित समुदायसँग छलफल गरेका थिए ।
टोपलाल अर्याल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…