दुई दिने क्षमता अभिवृद्धि तालिम मनहरीमा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मकवानपुरको राक्सिराङ गाउँपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम मनहरी एफ एम को सभाहलमा ०७९ फागुन २६ गते सम्पन्न भयो ।
कार्यक्रममा सभाअध्यक्ष लगाएत प्रमुख अतिथि र विभिन्न अतिथिहरूले शुभकामना सहितको आआफ्नो मन्तव्य राख्नु भएका थियो ।
यदि समाज परिवर्तन गर्नु छ भने त्यो कुरा परिवारबाट सुरु गर्नुपर्छ र त्यसको लागि हरेक आमा शिक्षित हुनुपर्ने मानव अधिकार समूहका संयोजक तथा कार्याक्रमको अध्यक्षयता ग्रहण गर्नुभएको चन्द्रमान प्रजाले बताउनु भयो ।
अहिले पनि यहाँ छोराछोरीलाई शिक्षा दिँदा भेदभाव गरिन्छ । गिटी बालुवा उत्खनन्ले हाम्रो वातावरणमा नकारात्मक प्रभाव परिरहेको छ । शिक्षा, स्वास्थ्य र स्वछ वातावरण हाम्रो जन्मसिद्ध अधिकार हो तर पनि हामी यहि अधिकारबाट बन्चित छौँ । यो समस्याबाट राक्सिराङका जनतालाई सहज अनुभुति दिलाउन यहाँ गठन भएको मानव अधिकार समूहले सक्दो प्रयास गर्ने प्रजाले भन्नुभयो ।
जनताका अधिकार स्थापित गर्न स्थानीय सरकारलाई सधैँ झक्झकाउने काम गर्ने र विद्यार्थीको विद्यालय छोड्ने सङ्ख्यामा कमि ल्याउन पालिकामा रहेका ५३ ओटा सामुदायिक विद्यालयमा स्थानीय स्तरबाट आर्थिक सङ्कलन गरी कक्षा १० सम्मका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गर्ने प्रजाले बताउनु भयो ।
समाजमा विभेद हटाउन र नैसर्गीक अधिकार स्थापित गर्न मानव अधिकार समूह विभेदको विरुद्ध बोल्ने र उक्त समूहका आम जनताको बोली बोल्ने राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनसथम थिङले बताउनु भयो ।
जनताको आवाज उठाउँदा कुनै हातहतियारको सामना गर्न पछि नपर्ने, मानव अधिकार समूहले राक्सिराङका जनताको शान्तिका लागि र जनताको शिक्षाको लागि जनता र स्थानीय सरकारबीच सेतुको रुपमा स्थापित हुने कुरा थिङले व्यक्त गर्नुभयो ।
इन्सेकले यो कार्यक्रम आफ्नो पालिकामा लागु गरेकोमा उपाध्यक्ष थिङले धन्यवाद व्यक्त गर्नुभयो ।
त्यस्तै राक्सिराङ गाउँपालिका वाडा नं ५ का वाडा अध्यक्ष हरि बहादुर प्रजाले पालिकामा कार्यविधि बनाउँदा मानव अधिकार र बालअधिकारलाई प्राथमिकतामा राखेर बनाउने कुरा व्यक्त गर्नुभयो ।
इन्सेकले सधैँ जनता र सरकारबीच शिक्षा, स्वास्थ्य र वातावरण सम्बन्धित अधिकारहरू माग गर्दा आवश्यकताको आधारमा गर्ने इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक गणेश भण्डरीले बताउनु भयो ।
पालिकामा आएका सेवा सुविधाहरू सहज रुपमा सबै जनताले अनुभुति गरुन् भन्ने इन्सेकको उदेश्य हो भन्दै मानव अधिकारको अवधारण र मौलिक अधिकारमा भिन्नता, मानव अधिकारका शिद्धान्त,आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, नेपालको संविधानमा निहित मौलिक हकहरू र मानव अधिकार समूहका सदस्यहरूका काम र कर्तव्य आदिका बारेमा संयोजक भण्डरीले सहजिकरण गर्नुभएको थियो ।
इन्सेक बागमती प्रदे्श कार्यालयका कार्यक्रम अधिकृत बालुका न्यौपानेले हाल यो कार्यक्रम १४ जिल्लामा रहेका २८ ओटा पालिकामा लागु भएको उल्लेख गर्नुभयो ।
यस कार्यक्रमको उदेश्य महिला, बालबालिका, दलित तथा पिछडिएका अन्य अल्पसङ्ख्यक र जोखिममा परेका सममुदायको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको संरक्षण गरी शिक्षा, स्वस्थ्य र वातावरणको अधिकारको विषयमा कानुनी प्रावधानहरूको पहुँचमा वृद्धि गर्नुपर्ने न्यौपानेले बताउनु भयो ।
इन्सेक बागमती प्रदेश कार्यलय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ८ गते सम्पन्न भएको छ । उक्त अन्तर्क्रिया…
मनहरी गाउँपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकार समूहको स्थानीय स्तरमा रहेका समस्या पहिचान तथा कार्ययोजना बैठक ०८० असोज ९ गते सम्पन्न भएको छ ।…
श्री जनप्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज ९…
सामाजिक सेवा प्रभावकारी हुन आवश्यक छ : मन्त्री जिसी
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले सामाजिक सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । ४४ औं सामाजिक सेवा दिवसको अवसरमा असाेज ६ गते गैरसरकारी संस्था महासंघकाे आयोजना…
सिफारिस प्रक्रियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-८, शेराबगरमा रिन्यु परियोजना अन्तर्गत सिफारिस प्रक्रियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका वडा…