तथ्य सङ्कलन सीप तथा क्षमता अभिवृद्धि तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा मानव अधिकार रक्षकहरूका लागि तथ्य सङ्कलन सीप तथा क्षमता अभिवृद्धि तालिम पुस ४ गतेदेखि नेपालगञ्जमा सुरू भएको छ ।

Photo20171219Banke

इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले सहभागीहरूलाई स्वागत गर्दै तालिमबाट मानव अधिकारसम्बन्धी सबैको साझा बुझाई हुने र काम गर्दा समेत सहज हुने बताए ।

Photo20171219Banke1

मानव अधिकारको अवधारणमा इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशी, मानव अधिकार पैरवीमा मानव अधिकार रक्षकहरूको भूमिकामा इन्सेक संयोजक भोला महत, नेपालको संविधान र मौलिक हकका विषयमा अधिवक्ता लोकबहादुर शाह, तथ्य सङ्कलन गर्ने विधि तरिका र प्रलेखका विषयमा अधिवक्ता बसन्त गौतम, मानव अधिकार अनुगमन र प्रलेखीकरणकामा इन्सेकका नारायण सुवेदीले सहजीकरण गर्ने इन्सेक नेपालगञ्जले जनाएको छ ।

पुस ६ गतेसम्म सञ्चालन हुने तालिममा कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया र सुर्खेत जिल्लाका २५ जना मानव अधिकारकर्मीको सहभागिता रहेको छ ।

विनोद पाण्डे