तथ्यपूर्ण रूपमा घटना सार्वजनिकीकरण गरिएका कारण इन्सेकको विश्वनीयताः न्यायधीश चोङ्टेङ्ली
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेह्रथुमको आयोजनामा जेठ २६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि अर्धवार्षिक रूपमा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व समीक्षा कार्यक्रममा जिल्ला अदालत तेह्रथुमका न्यायाधीश ईन्द्रकुमार चोङ्टेङ्लीले मानव अधिकारका घटनाहरू तथ्यपूर्ण रूपमा सार्वजनिकीकरण गरिएका कारण नै इन्सेकको विश्वसनीयता बढ्ने गरेको बताए । उनले जिल्लामा सार्वजनिक हुने महिलासम्बन्धी मुद्दाहरूमा अनुसन्धान गर्ने क्रममा पीडित भनिएका व्यक्तिहरूले नै न्याय पाउने उदाहरणहरू प्रशस्त रहेको उल्लेख गरे । उनले इन्सेकले सार्वजनिक गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक जिल्लामा हुने घटनाको सूचकाङ्कलाई निर्देश गर्ने भएकाले आगामी दिनमा अझ तथ्यपरक र विश्वसनीय हुनुपर्ने सुझावसमेत दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले तथ्याङ्कलाई हेर्दा अझै पनि महिलाहरूमाथि हुने हिंसामा कमी हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे । उनले कानुनले अपराधीहरूलाई छुट नदिने बताए । प्रजिअ तामाङले महिला हिंसालाई न्यूनीकरण गर्न सबैले सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको उल्लेख गरे ।
नागरिक समाजका अध्यक्ष तुलसी सङ्ग्रौलाले घटना सङकलनका लागि जिल्लाका विभिन्न क्षेत्रमा सञ्जाल बनाउन सके प्रभावकारी हुने सुझाव दिए । उनले अझै पनि गाँउ घरमा हुने महिला हिंसाका घटनाहरू सार्वजनिक नहुँदा अपराध गर्नेहरूको मनोबल बढ्ने गरेको धारणा राखे ।
कार्यक्रममा इन्सेक तेह्रथुमका जिल्ला प्रतिनिधि भगिश्वर लिम्बुले सार्वजनिक गरेको प्रतिवेदनमा अधिकांश ज्यादती गैरराज्य पक्षबाट भएको उल्लेख छ ।
सन् २०१७ जनवरी १ देखि पाँच महिनाको अवधिमा कुटपिटबाट तीनजना, बलत्कार र प्रयासबाट चारजना, घरेलु हिंसाबाट दुईजना र बालविवाहका कारण एक जना गरी १० जना पीडित भएको घटना सार्वजनिक गरिएको थियो ।
इन्सेक क्षेत्रीय कार्यालय, विराटनगर
सम्बन्धित इन्सेक गतिविधिहरू
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ…