डीसीए परियोजनाको सहयोगमा सञ्चालित संरक्षण परियोजनाको वार्षिक समीक्षा बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा डीसीएको सहयोगमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत सन् २०२४ मा सम्पन्न गरिएको कार्यक्रमहरुको वार्षिक समीक्षा तथा आगामी कार्ययोजना सम्बन्धी बैठक मङ्सिर १२ गते धुलिखेलमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले डीसीएको सहयोगमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत सन् २०२४ मा सम्पन्न कार्यक्रमहरुको बहुपक्षीय प्रभाव र चुनौतीहरुका बारेमा समीक्षा गर्नु पर्ने बताउनु भयो । उहाँले समीक्षामा हामीले आगामी कार्य योजना बनाउदा काम गर्ने क्षेत्रको निर्धारण गनुपर्ने बताउनु भयो ।
हाल सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशमा सञ्चालित संरक्षण परियोजनाका चुनौती, सिकाइ र उपलब्धिहरुको अन्तरसम्बन्धित विषयमा पनि समीक्षा हुनु पर्ने कार्यकारी निर्देशक गौतमले बताउनु भयो ।
मानव अधिकार र सामाजिक न्यायका लागि इन्सेकले परियोजनाको लक्ष्य र उद्देश्यका आधारमा कार्य गर्न उहाँले सुझाव दिनु भयो ।
कार्यकारी निर्देशकले वातावरणको अधिकारका क्षेत्रमा इन्सेकले यो परियोजना मार्फत कार्य गर्न सुरु गरेकोले यसको प्राथमिकताको क्षेत्रहरुको पहिचान गरी कार्य गर्नु पर्नेमा जोड दिनु भयो ।
डीसीए नेपालकी कार्यक्रम प्रमुख सूर्यकुमारी सुनारले कार्यक्रमको समीक्षा नियमित प्रक्रिया भएकोले कार्यक्रमहरू गर्दाको दौरानमा चुनौतीहरू आउन सक्छन् तर त्यसलाई संयमित भएर अवसरमा बदल्न सकिने बताउनु भयो ।
उहाँले परियोजना अन्तर्गत प्रदेश र स्थानीय सरकारसँग छलफल गर्नुपर्ने भएकोले सो क्रममा प्राप्त सिकाइ र सुझावहरुको आधारमा कार्य गर्न सुझाव दिनु भयो ।
इन्सेकले मानव अधिकारको मुद्दा र मानव अधिकारको क्षेत्रमा योगदान पु¥याउँदै आएको उहाँले बताउनु भयो ।
विश्वकर्माले मानव अधिकार आफैमा बृहत क्षेत्र भएकोले अब मानव अधिकारका नयाँ क्षेत्रको खोजि गरेर इन्सेकले कार्य गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा इन्सेक प्रलेख, प्रसार तथा पैरवी कार्यक्रमका प्रमुख मदन पौडेल, सुदूरपश्चिम, मधेस र बागमती प्रदेश संयोजक क्रमशः खडकराज जोशी, राजु पासवान, गणेश भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमको समीक्षा तथा आगामी कार्यक्रमका लागि कार्ययोजना बनाउने परियोजनका फोकलपर्सन टेक आचार्यले बताउनु भयो ।
बागमती प्रदेश कार्यालय
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ मङ्सिर २८ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडित युवतीलाई ०८१…
सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समितिको बैठक सम्पन्न
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिको गठन गर्ने प्रक्रिया प्रति ध्यानाकर्षण भएको छ । सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समिति बैठक…
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा इन्सेक प्रतिनिधि सम्मानित
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा इन्सेक सिरहा जिल्ला प्रतिनिधि सम्मानित भएका छन । "हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते अन्तर्राष्ट्रिय मानव अधिकार…
७६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी समपन्न
"हाम्रो अधिकार, हाम्रो भविष्य अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरी समपन्न भएको छ ।…
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइयाे
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मङ्सिर २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समूहले मानव सहायता सम्पर्क समूह सञ्चालन गरी मनाएको छ भने मङ्सिर…