डाक्नेश्वरी नगरपालिकामा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र डाक्नेश्वरी नगरपालिकाको समन्वयमा मानव अधिकार समुहका सदस्य र सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम पुस २७ गते सम्पन्न भएको छ ।
डाक्नेश्वरी नगरपालिकामा भएको कार्यक्रमको समापन गर्नुहुँदै नगरपालिकाका नगर प्रमुख रामलखन मलाहाले यसै वर्षभित्र बालविवाह मुक्त नगरपालिका घोषणा गरिने सार्वजनिक गर्नुभयो । बालबालिकाको हक, हित र सरोकारका विषयमा विज्ञहरूसँग सुझाव लिएर बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिने उहाँले प्रतिबद्धता जनाउनु भयो । विद्यालयलाई राजनीतिको थलो बनाई भविष्य अन्धकार बनाउने र गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारबाट वञ्चित गर्ने संकिर्ण विचार विरुद्ध चौतर्फी दवाव आवश्यक रहेको उहाँले बताउनु भयो ।
राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष रामप्रित पासवानले मानव अधिकारको विषयलाई मानव धर्म सम्झिएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गर्नुभयो । युवाहरू विदेश पलायन भइरहेको र देशमा रहेका युवा कुलतमा फसिरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै उहाँले सामाजिक बिकृति, विसंगति अन्त गर्न सबैको भूमिका अपरिहार्य रहेको बताउनु भयो ।
नगरपालिका उपप्रमुख मीराकुमारी यादवले हिंसा, कुरिती र कमजोरी लुकाएर नभई उजागर गरेर समाधान खोज्नु पर्ने बताउनु भयो । हिंसा र विभेदविरुद्ध उदाहरणीय बन्नुपर्ने र सचेतनाका कार्यक्रमहरू विद्यालय र वडास्तरमा विस्तार गर्नुपर्ने उहाँले बताउनु भयो ।
मधेस प्रदेश संयोजक राजु पासवानले स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेक हातेमालो गर्न, समन्वय र सहकार्य गरेर समाधान पहिल्याउन तत्पर रहेको बताउनु भयो ।
डाक्नेश्वरी नपा–८ का वडा अध्यक्ष सिताराम पण्डितले सुन्दर र समुन्नत समाज निर्माणका लागि असल कर्मको प्रचार र प्रयोग गर्ने तथा युवाहरू जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
धेरै विद्यार्थी विद्यालयमा आउने वातावरण बनेको जानकारी दिनुहुँदै शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका प्रमुख राजदेव यादवले अब विद्यार्थीलाई विद्यालयमा टिकाउने, सिकाउने र बिकाउने बनाउनेतर्फ ध्यान जानुपर्ने बताउनु भयो । पैसाको भन्दा पनि सोंच, योजना र कार्यान्वयनमा समस्या रहेकाले विद्यालयको व्यवस्थापन र गुणस्तरमा ध्यान दिदै अनुगमन गर्न यादवले आग्रह गर्नुभयो ।
वरिष्ठ सई राजेशकुमार बस्नेतले इन्सेकबाट नियम, कानुनबारे दिएको जानकारीले कानुनको पालना र कार्यान्वयनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निष्पक्ष भएर सूचना दिन र घटना न्यूनिकरणमा सहयोग गर्न समेत नागरिक समाजसँग आग्रह गर्नुभयो ।
दुई दिने तालिममा मधेस प्रदेश संयोजक पासवानले इन्सेकको परिचय, मानव अधिकारको विकास अवधारणा, समाजमा भएको हानिकारक मान्यता, महिलाविरुद्धका हिंसाका घटनामा कानुनी प्रावधानलगायतका विषयमा प्रशिक्षण दिनु भयो ।
यसैगरी इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र नगरपालिकाको भूमिकाका बारेमा सहजिकरण गर्नु भयो । कार्यक्रमका फोकल पर्सन बरुण बस्यालले मानव अधिकार समूहको काम, कर्तव्य र अधिकार, शिक्षा, स्वास्थ्य, वातावरण र विभेद विरुद्धको अधिकारका विषयमा प्रशिक्षण दिनु भयो ।
मानव अधिकार समूहका अध्यक्ष चिन्तामणि चौधरीको अध्यक्षता र सहजकर्ता विश्वेन्द्र पासवानद्वारा सञ्चालित दुई दिने तालिममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखा प्रमुखहरू, मानव अधिकार समुहका पदाधिकारीहरूसहित ५० जनाको सहभागिता रहेको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहयोग कक्षको सवलीकरण बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा चैत १६ गते मानव अधिकार सहयोग कक्षको सवलीकरणका लागि सरोकारवालाहरूसंग मधेस प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मधेसी आयोगका अध्यक्ष डा.…
न्यायिक समितिले काममा बिश्वास जगाऊँ : मेयर शर्मा
नारायण नगरपालिकाका मेयर लोमन शर्माले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । इन्सेक र यूएनडीपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना फेज–२ ले संयुक्त…
मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना पुस्तक प्रदान
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना पुस्तक सरोकारवालाहरूलाई प्रदान गरेको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले चैत १५ गते जिल्ला समन्वय समिती कपिलवस्तुका…
मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
इच्छाकामना गाउँपाालिका स्तरीय मानव अधिकार समूहका लागि आयोजित दुई दिने कार्यक्रम ०७९ चैत १४ गते समापन भएको छ । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष माया सिलवालले मानव अधिकार…
इन्सेक प्रदेश संयोजक र मानव अधिकार समूहबीच छलफल कार्यक्रम सम्पन्न
इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुसँग इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतबीच छलफल कार्यक्रम चैत १५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै संयोजक महतले ०४५ सालदेखि शिक्षा, स्वास्थ्य,…