डाक्नेश्वरीमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २९ गते सम्पन्न भएको छ ।
आगामी महिनाको योजना अन्तर्गत वडा नम्बर ३ निवासी घर परिवारबाट परित्यक्त मानसिक रोगीेलाई उद्धार गरी मानव सेवा आश्रम पठाउन पहल गर्ने, विद्यालयहरूको अनुगमन गर्ने, दलित समुदायमा बालबालिकाहरूको दर्ता अभियान गर्ने, महिनाको तीन पटक अनलाइन मार्फत छलफल गर्ने, सरसफाई कार्यक्रम र वृक्षा रोपण गर्ने तथा लैङगिक हिंसाविरूद्धको अभियान सञ्चालन गर्ने कार्ययोजना बैठकले बनाएको मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डलले बताउनु भयो ।
बैठकले सबै वडामा मानव अधिकार समूह गठन गर्ने, वडामा देखिएका समस्याहरूलाई समाधान गर्नका लागि नगर र सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाउने सर्वसहमतीले निर्णय गरेको इन्सेक जिल्ला सहजकर्ता अजय परियारले जानकारी दिनुभयो ।
मानव अधिकारको अभियानलाई निरन्तरता दिन आग्रह गर्नुहुँदै वडा अध्यक्ष रमेश चौधरीले वडाबाट हुने सम्भव सबै खाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
नगरपालिका सदस्य सुनिता सरदारले वडादेखि नगरसम्म पहिचान भएका समस्याहरूका विषयमा नगरपालिकामा जानकारी दिने र वर्षमा एक पटक सार्वजनिक सुनवाई कार्यक्रमका लागि ध्यानाकर्षण गराउने बताउनु भयो ।
बैठकको अध्यक्षता गर्नुभएका समूहका अध्यक्ष रामचन्द्र मण्डलले अधिकारबाट वञ्चित नागरिकको पहिचान गरी उनीहरूको समस्या सरोकारवाला शाखा तथा सम्बन्धित निकायसम्म पर्याएर समाधान गरिने बताउनु भयो ।
मानव अधिकार समूहका सम्पूर्ण पदाधिकारीहरूको सहभागितामा वडा नम्बर ५ को कार्यालयस्थित सभा कक्षमा सम्पन्न बैठकमा इन्सेक सहजकर्ता परीयारले परियोजनाको काम र उद्देश्य बारे प्रकाश पार्नु भएको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूह र बाल अधिकार चेतना समूहद्वारा सचेतना कार्यक्रम
अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकद्वारा गठित मानव अधिकार समूह रतुवामाई र बाल अधिकार चेतना समूहको संयुक्त आयोजनामा मङ्सिर १६ गते रतुवामाई नगरपालिका-८ स्थित सरस्वती माध्यमिक विद्यालय इटहरामा सचेतना कार्यक्रम सम्पन्न…
जुम्लामा मानव अधिकार प्रवर्धन र संरक्षण गर्न युवा रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) र ग्रामिणमुखि युवा अभियान नेपाल (रोयम नेपाल) समन्वयमा जुम्लामा युवा मानव अधिकार रक्षक सञ्जाल गठन गर्नुका साथै अभिमुखीकरण कार्यक्रम सञ्जालन गरिएको छ । औपचारिक कार्यक्रमका…
मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेक वर्ष प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व वार्षिक समीक्षा मङ्सिर १४ गते विराटनगरमा सम्पन्न भएको छ । नेपाल मानव…
पीडित महिलाहरुको न्यायिक प्रक्रियामा इन्सेकद्वारा सहयोग प्रदान
कथित बोक्सी घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । टिकापुर नगरपालिकाकी ४३ वर्षीया महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस्…
बोक्सी प्रथा विरुद्ध जनचेतना जगाउदै बाल अधिकार चेतना समूह
लालझाँडी गाउँपालिका वाडा नम्बर १ नौरङ्गास्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार चेतना समूहले मङ्सिर १३ गते बोक्सी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ ।…