जुम्लामा मानव अधिकार प्रवर्धन र संरक्षण गर्न युवा रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) र ग्रामिणमुखि युवा अभियान नेपाल (रोयम नेपाल) समन्वयमा जुम्लामा युवा मानव अधिकार रक्षक सञ्जाल गठन गर्नुका साथै अभिमुखीकरण कार्यक्रम सञ्जालन गरिएको छ ।
औपचारिक कार्यक्रमका बिच पारश सुनारको अध्यक्षमा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो । उपाध्यक्षमा आशा न्यौपाने, सह-उपाध्यक्षमा दिनेश बुढा, महासचिवमा दिपेन्द्र रावत, सचिवमा अनिता शाही, सहसचिवमा जयबहादुर कठायत, कोषाध्यक्षमा तारादेवि रावत, सह-कोषाध्यक्षमा नवराज बुढासहित ३५ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो ।
यसैगरी जिल्ला युवा भेलामा सहभागी भएका युवाहरुलाई मानव अधिकार प्रवर्धन र संरक्षण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । अभिमुखीकरण कार्यक्रममा मानव अधिकारको अवस्था र मानव अधिकार प्रवर्द्धन र संरक्षणका विषयमा इन्सेक जिल्ला प्रतिनिधिले सहजीकरण गर्नुभएको हो । यस्तै मानवअधिकार रक्षक र भुमिका, काम कर्तव्य अधिकारीको विषयमा पनि प्रस्तुतीकरण भएको थियो ।
कानुनी साहेता केन्द्रका अधिवक्ता नन्दबहादुर खत्रीका अनुसार मानव अधिकार रक्षक समाजका रक्षक हुन् । उहाँले भन्नुभयोे, गाउँ समाजमा हुने विकृति, कुरिति, मानव अधिकार उल्लङ्घनका विषयमा मानव अधिकार रक्षकले खबरदारी गर्नुका साथ सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु पर्दछ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर थापाका अनुसार मानव अधिकार रक्षक निष्पक्ष, अनुशासित र स्वतन्त्र हुनु पर्दछ । उहाँले भन्नुभयो, गाउँ समाज हुने विकृतिका विषयमा आवाज उठाउनुका साथै कानुनले व्यवस्था गरेका निकायमा खबर गर्नुपर्दछ ।
रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकका अनुसार मानव अधिकारको विषयमा बोल्न र काम गर्नको लागि अध्ययनशील, तटस्थ र निष्पक्ष हुनु पर्छ । उहाँले भन्नुभयो, जिल्लामा मानव अधिकार रक्षक सञ्जाल गठन भएको छ । सञ्जालका सवै सदस्य सङ्गठित भएर मानव अधिकार उल्लघङ्नका विषयमा आवाज उठाउनुका साथै सरोकारवाला निकायको ध्यानाकर्षण गुर्न पर्दछ । युवाहरू सिर्जनशील, उत्साह, जोसजागर अध्ययनशील र नयाँ प्रविधिसँग जोडिएकाले समाज रुपान्तरणमा युवाको सशक्त भूमिका रहने बताउनु भयो ।
मानदत्त रावल
सम्बन्धित इन्सेक गतिविधिहरू
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा इन्सेक प्रतिनिधि सम्मानित
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा इन्सेक सिरहा जिल्ला प्रतिनिधि सम्मानित भएका छन । "हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते अन्तर्राष्ट्रिय मानव अधिकार…
७६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी समपन्न
"हाम्रो अधिकार, हाम्रो भविष्य अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरी समपन्न भएको छ ।…
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइयाे
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मङ्सिर २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समूहले मानव सहायता सम्पर्क समूह सञ्चालन गरी मनाएको छ भने मङ्सिर…
मानवअधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म…
मानव अधिकार समूहद्वारा शम्भुनाथ नगरपालिका शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा शम्भुनाथ नगरपालिकामा गठित नगर स्तरीय मानव अधिकार समूहले शम्भुनाथ नगरपालिकास्थित शिक्षा शाखा प्रमुख बिदुर विक्रम थापालाई ०८१ मङ्सिर २४ गते ध्यानाकर्षण पत्र बुझाएको छ। नगर…