जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले रुकुम पश्चिम जिल्लामा जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन गरिएको छ ।
इन्सेकको आयोजनामा असार २० गते जिल्लास्थित सरोकारवाला निकायबीच भएको कार्यक्रमबाट जिल्ला स्तरीय सिफारिस संयन्त्रको गठन गरिएको हो ।
अधिकारकर्मी व्युझना पुन देवकोटको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस संयन्त्रको गठन गरिएको छ । जसको सदस्यमा ओरेक रुकुमका जिल्ला कार्यक्रम संयोजक दिपा धिताल अधिकारी, वैतनिक कानुन व्यवसायी टेकबहादुर खड्का, जिल्ला बाल सङ्गठनका अध्यक्ष वसन्त पुन, महिला बालबालिका दलित तथा ज्येष्ठ नागरिक शाखाका सरस्वति कार्की रहनुभएको छ ।
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना दैनिक रुपमा बढिरहेको अवस्थामा घटनाका पीडितलाई व्यवस्थित रेखदेख तथा एकीकृत रुपमा सहयोग प्रदान गर्ने प्रणालीको विकास गरी विभिन्न सेवा उपलब्ध गराउन सिफारिस संयन्त्र गठन गरिएको इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनु भएको छ ।
पीडितहरूले एकै स्थानबाट स्वास्थ्य सेवा, मनोसामाजिक सेवा, प्रहरी सहयोग, कानुनी तथा न्यायिक सहयोग प्राप्त गर्नका लागि सिफारिस संयन्त्रको आवश्यकता रहेको इन्सेकका संयोजक सुवेदीले बताउनु भयो ।
हिंसा प्रभावित व्यक्तिहरूको अवस्था बुझेर आर्थिक समस्यामा रहेका हिंसा प्रभावित व्यक्तिलाई सहयोग गर्न सिफारिस संयन्त्रले इन्सेक लगायतका सेवा प्रदायक निकायसमक्ष सिफारिस गर्ने र पीडितको पक्षमा पैरवी गर्नेछ ।
त्यसैगरी असार २० गते रुकुम पश्चिममा जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल पुनर्गठन भएको छ । मानव अधिकार रक्षक सञ्जालका निवर्तमान संयोजक नेपाल बार एकाई रुकुमका अध्यक्ष एक्क पाण्डे रहेको र उहाँ जनप्रतिनिधिमा निर्वाचित भइसकेपछि जिल्ला बाल सञ्जालका अध्यक्ष नरबहादुर नेपालीको संयोजकत्वमा १७ सदस्यीय सञ्जालको गठन गरिएको हो ।
समितिको सदस्यमा गैर सरकारी संस्था महासङ्घका अध्यक्ष नारायणकुमार शाह, ओरेकका जिल्ला कार्यक्रम संयोजक दिपा धिताल अधिकारी, हरप्लेस रुकुमका अध्यक्ष सुनिता बिएम, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष व्युंझना पुन देवकोटा, नेपाल पत्रकार महासङ्घ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसी, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष निर्मला गिरी, अपाङ्ग महासङ्घका प्रतिनिधि गणेशबहादुर केसी,परामर्शकर्ता निशा रावल, दलित पत्रकार मञ्चका प्रतिनिधि प्रविर ददेल, पत्रकार अमरराज पुन, अधिवक्ता रचना मल्ल, वैतनिक वकिल टेक बहादुर खड्का, जिल्ला बाल सङ्गठनका अध्यक्ष बसन्त पुन, जिल्ला बार एकाइका अध्यक्ष गणेश हमाल, दलित मानव अधिकार रक्षक सञ्जालका सदस्य पम्फा विक रहनुभएको छ भने सञ्जालको सदस्य सचिवमा इन्सेक प्रतिनिधि मनिषा केसी रहनुभएको छ ।
मनिषा केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…