जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा चैत ९ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।
मानव अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरू असुरक्षित भइरहेको परिपेक्षमा अधिकारको क्षेत्रमा वकालत गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कानुनको दायरामा ल्याउन सहयोग पु¥याउने उदेश्यले सञ्जाल गठन गरिएको हो ।
अधिकारकर्मी पार्वता आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ । सदस्यहरूमा गैसस महासङ्घका अध्यक्ष नेत्रमणी आचार्य, सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष दामोदर शर्मा, राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानका अध्यक्ष जुमानसिंह केसी, मानव अधिकार संगठनका अध्यक्ष मेघराज भट्ट, जिल्ला बार प्यूठानका कोषाध्यक्ष महेन्द्र न्यौपाने, हरप्लेस प्यूठानका कार्यक्रम संयोजक पम्फा पन्त, महिला मानव अधिकार रक्षक सञ्जालको सदस्य उजेली विक, पत्रकार महासंघ प्यूठानका सचिव बिजयसिंह भारती, आदिवासी जनजाती महासंघका सल्लाहकार टि.एस. गुरुङ र सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डे रहनु भएको छ ।
रविन्द्र पाण्डे
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहयोग कक्षको सवलीकरण बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा चैत १६ गते मानव अधिकार सहयोग कक्षको सवलीकरणका लागि सरोकारवालाहरूसंग मधेस प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मधेसी आयोगका अध्यक्ष डा.…
न्यायिक समितिले काममा बिश्वास जगाऊँ : मेयर शर्मा
नारायण नगरपालिकाका मेयर लोमन शर्माले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । इन्सेक र यूएनडीपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना फेज–२ ले संयुक्त…
मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना पुस्तक प्रदान
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना पुस्तक सरोकारवालाहरूलाई प्रदान गरेको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले चैत १५ गते जिल्ला समन्वय समिती कपिलवस्तुका…
मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
इच्छाकामना गाउँपाालिका स्तरीय मानव अधिकार समूहका लागि आयोजित दुई दिने कार्यक्रम ०७९ चैत १४ गते समापन भएको छ । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष माया सिलवालले मानव अधिकार…
इन्सेक प्रदेश संयोजक र मानव अधिकार समूहबीच छलफल कार्यक्रम सम्पन्न
इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुसँग इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतबीच छलफल कार्यक्रम चैत १५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै संयोजक महतले ०४५ सालदेखि शिक्षा, स्वास्थ्य,…