जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा गठित जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह पाल्पाले वैशाख २८ गते स्थानीय तह निर्वाचनको तयारी र मानव अधिकारकर्मीको भूमिका विषयमा अर्न्तक्रिया गरेको छ ।
अन्तरक्रियाका क्रममा जिल्ला निर्वाचन कार्यालय पाल्पाकी जिल्ला निर्वाचन अधिकारी धर्मा अर्यालले स्थानीय तह निर्वाचनको लागि कार्यालयको तर्फबाट गर्नुपर्ने तयारी तीव्र रूपमा भइरहेको बताइन् ।
फोटो सहितको मतदाता नामावली जिल्लामा आइसकेको र त्यसलाई मिलाउने काम भइरहेको उनले बताइन् । पाल्पामा १ लाख ६२ हजार २ सय ५३ मतदाता रहेको र २ सय १२ मतदान केन्द्र तथा १ सय १८ मतदान स्थल रहेको उनले बताइन् ।
निर्वाचनका लागि ६४ प्रकारका सामग्री निर्वाचन कार्यालयमा आइपुगेका छन् । सुरक्षाकर्मी बाहेक पाल्पामा १ हजार ३ सय भन्दा बढी कर्मचारी निर्वाचनका लागि खटिने अर्यालले बताइन् । उनले निर्वाचनको निष्पक्ष पर्यवेक्षणका लागि मानव अधिकारकर्मीलाई आग्रह समेत गरिन् ।
सो अवसरमा मानव अधिकार निगरानी समूहका संयोजक भगवान भण्डारी, मानव अधिकारकर्मी पुष्करराज रेग्मी, पत्रकारलगायतले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गरे ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…