जिल्ला स्तरीय निगरानी समूह गठन

इन्सेकद्वारा सञ्चालित कियोस परियोजना अन्तरगत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवाललाई जिल्ला तहका सरोकारवाला निकायसमक्ष समन्वय गर्ने उद्देश्यले फागुन ५ गते जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह गठन भएको छ ।

अधिवक्ता बसन्त गौतमको संयोजकत्वमा १३ सदस्य जिल्ला स्तरीय निगरानी समूह गठन भएको इन्सेक नेपालगञ्जले जनाएको छ । समितिका अन्य सदस्यमा बलबहादुर चन्द, विश्वजीत तिवारी, प्रभातकुमार ठकुरी, विमला चौधरी, विश्वराज पछलङ्ग्यालगायत रहेका छन् ।

photo20170216banke (1)

इन्सेक क्षेत्रीय संयोजक भोला महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले सहजीकरण गरेकी थिइन । संयोजक महतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै समूहले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा उल्लेखनीय भूमिका निर्वाह गरे सेवाग्राही लाभान्वित हुने बताए ।

मानव अधिकार निगरानी समूहले जिल्लाका विभिन्न गाविसमा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएको छ । जिल्लाका चिसापानी, गनापुर र खासकुश्मा गाविस स्तरीय मानव अधिकार निगरानी समूह र युवा समूहले गाविसमा देखिएका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा रहेका समस्या समाधानका लागि जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह क्रियशील भएर लाग्ने निगरानी समूहका संयोजक अधिवक्ता बसन्त गौतमले बताए ।

विशेष गरी गाविस स्तरीय निगरानी समूहले पहिचान गरेका समस्या माथि छलफल गरि समाधानका लागि पहल गर्ने योजना बनेको संयोजक गौतमले बताए । उनले समस्या समाधानका लागि जिल्लाका सरोकारवाला निकायहरुसँग छलफल गरिने बताए ।

विनोद पाण्डे