जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा पुस १६ गते कर्णाली प्रदेशका इन्सेक जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ ।
जिल्लाको मानव अधिकारको अवस्था, मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन र अभिलेखको स्थिती र इन्सेक अनलाइनसँग सम्बन्धित विषयमा प्रतिनिधिहरूसँग छलफल गरिएको इन्सेक प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रतिनिधिहरूले जिल्लाको अवस्था, काम गर्दाका समस्या तथा चुनौतिको बारेमा संक्षिप्त रूपमा प्रस्तुत गरेका थिए । अनलाइनमा समाचार प्रकाशनमा ढिलाई भएको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले प्रतिनिधिले सङ्कलन गरेका घटनाहरू प्रकाशनले नीति संशोधन तथा निर्माण गर्न र पीडितलाई न्याय प्राप्तिका लागि सहयोग भइरहेको बताउनुभयो । उहाँले समाचार सङ्कलन गर्दा अनलाइन निर्देशिकालाई अनुसरण गर्न प्रतिनिधिलाई आग्रह गरियो ।
मानव अधिकार वर्ष पुस्तक सम्पादक मण्डलका सम्पादक गोविन्द त्रिपाठीले मानव अधिकार घटना सङ्कलनको तथ्याङ्कमा सत्यता हुनुपर्ने र पीडितको विस्तृत विवरण सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो ।
इन्सेक संयोजक सुवेदीले जिल्लामा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटना छुटेको हुन सक्ने भन्दै त्यसतर्फ सचेत भएर लाग्न आग्रह गर्नुभयो ।
पूर्णबहादुर खड्का
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…