जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असार ९ गते जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान बैठक कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ ।
इन्सेकद्वारा कपिलवस्तु जिल्लामा साविकका बुड्ढी र तिलौराकोट गाविसमा सञ्चालित 'स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने' इएलपी कार्यक्रमको वार्षिक गतिविधिका बारेमा जानकारी दिने र सरोकारवालाहरूको सुझाव सङ्कलन गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको हो ।
सो बैठकको अध्यक्षता गर्दै जिल्लास्तरीय परियोजना सल्लाहकार समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले सबै गैरसरकारी संस्थाहरूले गर्ने कार्यक्रम पारदर्शी हुनुपर्ने भन्दै इन्सेकले कार्यक्रम सञ्चालन गरिरहेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषय महत्वपूर्ण रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले इन्सेकले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी रहेको बताउँदै सरकारी निकायहरूले गर्ने कामको निगरानी गर्ने भन्ने बारेमा गलत धारणा नबनाउन कर्मचारीलाई समेत आग्रह गरे । इएलपी कार्यक्रमले स्थानीय समुदायलाई आफ्नो अधिकार र राज्यले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी लिन सहयोग पुग्ने र सेवाप्रदायक निकायलाई पनि सजग गराउने बताए ।
सो अवसरमा जिल्ला पशु सेवा कार्यालय प्रमुख राजकिशोर यादव, निमित्त जिल्ला शिक्षा अधिकारी थानेश्वर ज्ञवाली, जिल्ला कृषि विकास कार्यालयका प्रमुख राकेश ओझा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगत, मानव अधिकार निगरानी समूहका संयोजक माया ज्ञवालीलगायतले इन्सेकले सञ्चालन गरेको कार्यक्रमको प्रभावकारिताको बारेमा आ-आफ्नो धारणा राखेका थिए ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराका कार्यक्रम संयोजक शवनम शर्माले बैठकमा इएलपी परियोजना अन्तर्गत सञ्चालन गरिने कार्यक्रमहरूको उद्देश्य र कार्यक्रमको जानकारी तथा बजेटका बारेमा जानकारी गराएकी थिइन् ।
नन्दराम पौडेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…
प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सुरु
यूरोपियन युनियनको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकका लागि ०८१ माघ २१ गतेदेखि नेपालगञ्जमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उक्त…
बाल अधिकार सचेतना समूहद्वारा कार्य योजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा डाक्नेश्वरी नगरपालिकास्थित श्री राम दयाल माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ १४ गते कार्य योजना बैठक सम्पन्न गरेको छ ।…
बाल विवाहको उमेर नघटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
बाल विवाहको उमेर हद नघटाउन माग गर्दै सर्लाही जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई मानव अधिकारकर्मी र महिला मानव अधिकारकर्मी, नागरिक समाज तथा मानव अधिकारको क्षेत्रमा कार्यरत इन्सेक लगायत विभिन्न संघ…