जिल्लास्तरीय सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न

इन्सेक र मानव अधिकार निगरानी समूह तनहुँको संयुक्त आयोजनामा जिल्लास्तरीय सेवा प्रदायक र सेवाग्राहीबिच शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत १८ गते दमौलीमा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्यका सवालहरूको बारेमा अन्तरक्रिया आयोजना गरिएको हो ।

Photo20170401Tanaun

सो कार्यक्रममा बोल्दै सेवाप्रदायक कार्यालयका प्रमुखहरूले राज्यद्वारा प्रदान गरिने सेवालाई चुस्त र प्रभावकारी बनाउने प्रतिवद्धता जनाए । कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. दिर्घनाथ ढुङ्गाना, जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी सुर्यप्रसाद क्षेत्री, जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत ज्ञानेन्द्रराज अधिकारी, जिल्ला स्वास्थ्य कार्यालयका महिला विकास निरीक्षक राधा वाग्ले, जिल्ला समन्वय समितिका नायव सुब्बा राजेन्द्र सोती लगायतले कार्यालयले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी गराई सेवाग्राहीको जिज्ञासाको सम्बोधन गरेका थिए ।

कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय पोखराकी फोकल पर्सन सवनम शर्माले परियोजनाको महत्वको बारेमा जानकारी गराएकी थिइन् ।

प्रकाशचन्द्र भट्टराई