जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन

  ०८१ फागुन १ गते

जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ ।

सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलको संयोजकत्वमा ०८१ माघ २८ गते गठन भएकोमा समितिमा इन्सेक सदस्यमा चयन भएको हो ।

समितिको सदस्य सचिवमा इन्स्पेक्टर विवेक बस्नेत, सदस्यहरुमा महिला सञ्जाल अध्यक्ष गीताकुमारी लिङदेन, जिल्ला अस्पतालकी फोकल पर्सन विजया राई, भानुजन माध्यमिक विद्यालयकी शिक्षिका मैयादेवी थापा, जिल्ला रेडक्रस सोसाइटी सदस्य दिलमाया लिम्बू सदस्य रहनु भएको छ ।

गैरसरकारी संस्था महासङ्घ सदस्य मात्रिकादेवी प्रसाई, फुङलिङ नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सीता गुरुङ, पत्रकार महासङ्घका अध्यक्ष सुवास आचार्य, मानव अधिकार मञ्च अध्यक्ष धर्म पौडेल, सामुदायिक शाखाका अध्यक्ष भद्र बोखिम, उद्योग वाणिज्य सङ्घका महासचिव कमल लिम्बू सदस्यमा चयन हुनु भएको छ ।

जिल्ला वकिल ठाकुर सिंह लिम्बु, फुङलिङ नगरपालिकाको न्यायिक समिति उजुरी प्रशासक बबिता पोमु, होपफर अलका अध्यक्ष सागर विश्वकर्मा, सञ्चारकर्मी प्रिसा बस्नेत, फुङलिङ नगरपालिकाको बालबालिका केन्द्रकी यशोधा पोमु र इन्स्पेक्टर रोहितकुमार शर्मा समितिको सदस्यमा चयन हुनु भएको छ ।

समितिले लैङ्गिक हिंसा अन्त्यको लागि जनचेतनामुलक कार्यक्रम, लैङ्गिक हिंसा हुन लागेको थाहा पाए सामूहिक हस्तक्षेप गर्ने र लैङ्गिक हिंसामा परेको पुरूष होस वा महिला दुवैलाई न्यायको लागि काम गर्नेछ । सञ्जाल गठन कार्यक्रममा बोल्दै डिएसपी रावलले सबैको साथ र सहयोग रहने अपेक्षा गर्दै सरोकारवाला सबैको प्रयासबाट लैङ्गिक हिंसारहित सभ्य समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नु भयो ।

लैङ्गिक हिंसाबाट पीडितलाई न्याय प्राप्तिको निमित्त सुरक्षाको प्रत्याभूति दिन, सल्लाह, सूचना मनोवैज्ञानिक हौसला प्रदान गरी आत्मविश्वास जगाउन, महिला, बालबलिका, जेष्ठ नागरिक तथा जोखिममा रहेका वर्गहरूको अधिकारको क्षेत्रमा काम गरिरहेका सरकारी संस्था नागरिक समाज एवम् समुदायलाई आपसमा समूह बनाइ र सङ्गठित गर्न, लैङ्गिक हिंसा नियन्त्रणको निमित्त सचेतना अभिवृद्धि गर्न, प्रभावित एवम् पीडितहरूको पारिवारिक र सामाजिक मेलमिलाप गराउन तथा समूहमा संलग्न सदस्यहरू एवम् प्रहरी कर्मचारीहरु समेतलाई सो-सम्बन्धी अपनाउनु पर्ने कार्यविधि एवम् व्यवहारका बारेमा निर्देशन दिन सञ्जालले “लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन विधि २०७८ अनुसार कार्य गर्नेछ ।

Photo 20250213 Taplejung

एलिना दियाली