जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि नागरिकको पहुँच स्थापित गर्ने उद्धेश्यले नेपाल पत्रकार महासङ्घ सुनसरीका सहसचिव प्रमोद यादवको संयोजकत्वमा ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत पुस २३ गते सदरमुकाममा आयोजना गरिएको कार्यक्रममा जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको हो ।
समूहको सदस्यमा गैरसरकारी संस्था महासङ्घ सुनसरीका अध्यक्ष लखनलाल साह, अधिवक्ता श्यामिका महतो, युवा सञ्जाल सुनसरीका सचिव कमलकिशोर शर्मालगायत रहेका छन् ।
निगरानी समूह गठनपछि बोल्दै समूहका संयोजक प्रमोद यादवले जिल्लामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारबारे सर्वसाधारणलाई सचेत गराउने र जिम्मेवार निकायलाई जवाफदेही बनाउन दबाव सिर्जना गर्ने बताए ।
शेखर ढकाल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहयोग कक्षको सवलीकरण बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा चैत १६ गते मानव अधिकार सहयोग कक्षको सवलीकरणका लागि सरोकारवालाहरूसंग मधेस प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मधेसी आयोगका अध्यक्ष डा.…
न्यायिक समितिले काममा बिश्वास जगाऊँ : मेयर शर्मा
नारायण नगरपालिकाका मेयर लोमन शर्माले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । इन्सेक र यूएनडीपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना फेज–२ ले संयुक्त…
मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना पुस्तक प्रदान
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना पुस्तक सरोकारवालाहरूलाई प्रदान गरेको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले चैत १५ गते जिल्ला समन्वय समिती कपिलवस्तुका…
मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
इच्छाकामना गाउँपाालिका स्तरीय मानव अधिकार समूहका लागि आयोजित दुई दिने कार्यक्रम ०७९ चैत १४ गते समापन भएको छ । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष माया सिलवालले मानव अधिकार…
इन्सेक प्रदेश संयोजक र मानव अधिकार समूहबीच छलफल कार्यक्रम सम्पन्न
इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुसँग इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतबीच छलफल कार्यक्रम चैत १५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै संयोजक महतले ०४५ सालदेखि शिक्षा, स्वास्थ्य,…