जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन
मानव अधिकार अवस्थालाई थप प्रभावकारी र सुदृढीकरण गर्न पुस २२ गते मानव अधिकार एलाइन्सका अध्यक्ष हिमाल खड्काको अध्यक्षतामा ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत सदरमुकाम गाईघाटमा आयोजित एक कार्यक्रमकाबिच उदयपुरमा जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको हो ।
समूहको सदस्यहरूमा महिला मानव अधिकार रक्षक सञ्जालकी सदस्य माया भण्डारी, उज्यालो नेटवर्कका पत्रकार सुमित्रा कोईराला, गैरसरकारी संस्था महासङ्घ उदयपुरका सचिव सिएम गुरगाई, करुणा सामुदायिक हेरचाह केन्द्रका सचिव सागर नेपाल, त्रियुगा एक्सप्रेस दैनिककी पत्रकार जयन्तिकला तामाङ, त्रियुगा वचाउ अभियानका सदस्य शसी तुलाधार, नेस्पेकका कोषाध्यक्ष पाण्डु परियार, रेडियो उदयपुरकी पत्रकार रञ्जु दनुवार, बालअधिकार सञ्जालका सल्लाहकार भुवन दाहाल र पेसोकका सदस्य शम्भुप्रसाद साह रहेका छन् ।
समूह गठन पछि बोल्दै अध्यक्ष खड्काले समूहले आगामी दिनमा जिल्लाको मानव अधिकासँग जोडिएका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई स्थापित गराउन लागि पर्ने बताए । उनले नागरिक तथा राजनीतिक अधिकारको सवालहरू उठिरहेको परिप्रेक्ष्यमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसँग जोडिएका शिक्षा, स्वास्थ र खाद्य अधिकारमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
भरत खड्का
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…