जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

  नातिबावु धिताल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत पुस ७ गते जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह गठन गरेको छ ।

मानव अधिकारकर्मीहरूको भेलाले रामचन्द्र बस्नेतको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार निगरानी समूह गठन गरिएको हो । निगरानी समूहका सदस्यहरूमा उद्धव अधिकारी, टिका सुवेदी, यज्ञ दङ्गाल, अप्सरा सापकोटा, तिलक दङ्गाल, सुनिता तामाङ, सुन्तली लामा, हरिकला भट्ट, सुशीला श्रेष्ठ र बालकुमारी सापकोटा रहेका छन् ।

इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले नवगठित समूहका सदस्यहरूलाई परियोजनाको क्षेत्र र मानव अधिकार संरक्षणका लागि गर्नै पर्ने कामका बारेमा जानकारी दिएका थिए ।

गौतमले वर्तमान अवस्थामा नागरिकहरूका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारभित्र पनि शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको बारेमा मानव अधिकार निगरानी समूहले आवाज उठाउनु पर्ने कुरामा जोड दिए ।