जिल्लास्तरीय मानव अधिकार निगरानी समिति गठन
जिल्लामा क्रियाशील मानव अधिकार सङ्घ संस्थाका पदाधिकारी तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मी सम्मिलित ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार निगरानी समिति गठन भएको छ ।
इन्सेकद्वारा जिल्लामा सञ्चालित स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत माघ ७ गते गठन गरिएको समितिमा आईडिएफ नेपालका अध्यक्ष विष्णु खरेललाई संयोजकमा छनोट गरिएको छ ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष रूपक खनाल, प्यागका सचिव चन्द्र चुडाल, नागरिक समाजका टेकराज तिलिङ, सुब्रत न्यौपाने, हिमाल खरेल, टिकाराम धमला लगायत सदस्यमा चुनिएका छन् ।
अर्जुन बस्नेत
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…