जिल्लास्तरीय बहस सम्वाद कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा जिल्ला स्तरीय बहस सम्वाद कार्यक्रम चैत २६ गते तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रममा सेवाप्रदायकका तर्फबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) कार्यालय पाल्पाका प्रमुख रामप्रसाद पाण्डे, कृषि विज्ञ बेदप्रसाद पौडेल, पशु सेवा कार्यालय पाल्पाका प्रमुख डा. प्रदिप शर्मा पौडेल, बगनासकाली गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसीले आफ्नो कार्यालयको तर्फबाट भइरहेको सेवाप्रवाह बारे जानकारी गराएका थिए ।
कार्यक्रममा जिल्लामा खाद्य अधिकारको सवालमा छलफल गरिएको थियो । इएलपी परियोजनाका लागि इन्सेक जिल्ला सहजकर्ता यज्ञमूर्ति तिमिल्सिनाले इएलपी कार्यक्रम सञ्चालित वडाहरू चापपानी र खानीगाउँमा सङ्कलन गरिएका खाद्य अधिकारसम्बन्धी समस्या र सवालहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गैसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सिना र वरिष्ठ पत्रकार मेघराज शर्माले बजार अनुगमन नियमित नभएको, ग्रामीण क्षेत्रका विपन्न समुदायमा आयआर्जनका कार्यक्रमहरू प्रभावकारी रूपमा पुग्न नसकेको लगायतका विषयमा धारणा राखेका थिए ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…