जिल्लास्तरीय बहस बैठक सम्पन्न
वरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द्र सुवेदीले कृषिलाई व्यवसायिक बनाउन सरकारले लगानी बढाएको बताएका छन् । अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेख सदरमुकाममा चैत १९ गते आयोजना गरेको सेवा प्रवाहसम्बन्धी बहस बैठकमा उनले यस्तो धारणा राखेका हुन् ।
सेवाग्राहीहरूका जिज्ञासाको जबाफ दिँदै उनले कृषिलाई आधुनिकीकरण र व्यवसायिक बनाउन हाते ट्रयाक्टर लगायतका उपकरण, उन्नत जातका बीउविजन र अरु थप अनुदानका कार्यक्रम दिइएको तर सरकारले सोचे जस्तो कृषिलाई व्यवसायिक बनाउन नसकिएको बताए ।
अधिकृत सुवेदीले परम्परागत खेती प्रणाली, युवा जनशक्ति वैदेशिक रोजगारमा पलायन हुने गरेको अवस्था, सीमित श्रोत साधनको कारण सिञ्चाई सुविधा पुर्याउन नसक्दा आशा गरेजस्तो प्रगति नभएको बताए ।
विद्यालय निरीक्षक शान्ति विष्टले यो वर्षशैक्षिक सत्रको सुरुमै सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसक्ने बताइन् । अघिल्लो वर्षकक्षा ९ को नयाँ पाठ्यक्रम लागु हुँदा देशभर अभाव भएको घटनाले यस वर्षसावधानिपूर्वक समयमा पाठ्यपुस्तक उपलब्ध गराउने जिल्ला शिक्षा कार्यालयले लक्ष्य लिएको उनले जानकारी दिइन् ।
कार्यक्रममा महिला विकास अधिकृत अनिता ज्ञवालीले दैलेखमा बालविवाह विकराल समस्या रहेकोले सबैको साझा पहलबाट न्यूनीकरण गर्नुपर्ने आवश्यकता औल्याँइन् । बालविवाहले समाजका सबै पक्ष र क्षेत्रलाई असर पार्ने भएको कारण सामुदायिक प्रयास आवश्यक रहेको उनको भनाइ छ ।
जिल्ला पशु सेवा कार्यालयका स्थानीय समस्याहरूका विषयमा स्थानीयले उठाएका प्रश्नहरूको जबाफ दिँदै वरिष्ठ पशु चिकित्सक डा. शितलबाबु श्रेष्ठले कृषकहरूले अपेक्षाकृत फाइदा लिन नसकेको बताए । प्राविधिक जनशक्तिको अभाव भएकै कारण जिल्ला पशु सेवा कार्यालयले ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरू करारमा पठाएको उनले जानकारी दिए ।
अमर सुनार
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार समूह, निड्स नेपाललगाायतका संघसंस्थाहरुको संयूक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर १७ र १८ गते सडक…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
माछापुच्छ्रे गाउँपालिका– ३ घाचोकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित माछापुच्छ्रे मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर १८ गते सम्पन्न भएको छ । कार्यक्रममा…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…