जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत इन्सेक कपिलवस्तुको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक असार ५ गते तौलिहवामा सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले इन्सेकले शिक्षा, स्वाथ्य र खाद्य अधिकारका सवालमा स्थानीय जनतालाई जागरूक बनाई निगरानी गर्ने कार्यले सेवा प्रदायकहरूलाई जिम्मेवार बनाउन सफल भएको बताएका छन् ।
इन्सेक र निगरानी समूह बुड्ढीले अनुदानको धानको विउमा बुद्धभूमि नगरपालिकामा भएको घोटलाको आफ्नो कार्यालयको ध्यान आकृष्ट भएकाले नगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा प्रमुख तथा कृषि शाखा प्रमुखलाई राखेर के भएको हो ? तत्काल आवश्यक छानविनका लागि निर्देशन दिएको उनले बताए ।
यसै गरि शिक्षा, स्वास्थ्य खाद्य अधिकारका सवालमा धेरै समस्या रहेकाले स्थानीय तहलाई बोलाएर समाधानको लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
यसैगरी जिल्ला समन्वय समितिकी उपप्रमुख तारावति चौधरीले निगरानी समूहले उठान गरेको बुद्धभूमि नगरपालिका र स्वास्थ्य चौकी एउटै प्राङ्गणमा हुँदा नगरपालिकाको गेट भएर स्वास्थ्य चौकीमा जानु पर्ने हुँदा गर्भवती महिलाले चेकजाँच गर्न जान छाडेको भन्ने कुरा आफूले पनि अनुगमनको बेला देखेको भन्दै तत्काल समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले इन्सेक र मानव अधिकार निगरानी समूहले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा उठान गरेका विषय गम्भीर प्रकृतिका भएकोले त्यसका समाधानका लागि जिल्ला प्रशासन कार्यालयको ध्यान आकृष्ट भएको बताए । सम्बन्धित निकायलाई कार्यान्वय गराउन आफूले पहल गर्ने बताउँदै १० ओटै स्थानीइ तहमा समेत निगरानी गर्न निगरानी समूहलाई सुझाव दिए ।
नन्दराम पौडेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…