जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान

इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान कार्यक्रम भदौ २३ गते सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति झापाको सभा कक्षमा भएको कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालयकी कार्यक्रम संयोजक वागमती कट्टेलले इन्सेकले विगत एक वर्षमा गरेको कार्यक्रमको प्रगति विवरण, उपलब्धी, उद्धेश्य तथा आगामी वर्षगर्ने कार्यक्रमको विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद तिवारीले इन्सेकले गरेको काम प्रभावकारी भएको बताएका थिए ।

अर्जुन बस्नेत