जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
इलाममा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक भदौ २२ गते सम्पन्न भएको छ । बैठकमा इन्सेक क्षेत्रीय कार्यालय विराटनगरकी कार्यक्रम संयोजक बागमति कट्टेलले इन्सेकले इलाममा सञ्चालन गरेको परियोजनाका विषयमा जानकारी गराएकी थिइन् ।
जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेकले इलामका गोदक र पञ्चकन्यामा सञ्चालन गर्दै आएको परियोजना र नेपाल मानव अधिकार वर्षपुस्तकका लागि भइरहेका घटना अभिलेखीकरणका विषयमा बैठकमा जानकारी गराइएको थियो ।
बैठकमा इन्सेकले सञ्चालन गरेको परियोजना र वर्षपुस्तक दुवै निकै प्रभावकारी रहेको समन्वय समितिका प्रमुख गणेश बरालले बताए । उनले जिल्लामा सञ्चालन भइरहेका कार्यक्रममा गैरसरकारी संस्थाहरूले निस्वार्थ भावनाले नागरिकको सेवा गर्न आवश्यक रहेको पनि बताए । उनले भने-'गैससहरूले समाजका लागि गरेको योगदान ज्यादै महत्वपूर्ण छ । अब पनि जिम्मेवार, जबाफदेही र उत्तरदायी ढङ्गले गैसस प्रतिनिधिहरूले काम गर्नुपर्छ ।'
कोकिला ढकाल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकारका सवालमा अन्तर संवाद कार्यक्रम सम्पन्न
मानव अधिकारका सवालमा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालसँग इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजना, डिसिएको सहयोग र दैनिक नेपालगञ्जको समन्वयमा अन्तर संवाद कार्यक्रम ०८१ कात्तिक २४ गते…
प्रदेश स्तरीय मानव अधिकार सञ्जालको बैठक सम्पन्न
इन्सेक लुम्बिनी प्रदेश कार्यलय, नेपालगञ्जको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय मानव अधिकार सञ्जालको बैठक ०८१ कात्तिक २१ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले प्रदेश स्तरीय…
मानव अधिकार सहायता कक्षको बैठकबाट पीडितलाई सहयोग गर्ने निर्णय
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्ष सचिवालयको बैठक ०८१ कात्तिक २१ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको आर्थिक तथा प्राविधिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ कात्तिक १३ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।…
बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विधालयमा ०८१ कात्तिक १२ गते बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ ।…