जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँगको बैठक सम्पन्न
मानव अधिकारप्रति स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत असार २१ गते चौतारामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरिएको छ ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय, स्वास्थ्य कार्यालय, कृषि कार्यालय र पशु सेवा कार्यालय लगायत जिल्ला स्थित शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसँगका क्षेत्रमा कार्यरत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहजकर्ताले सिन्धुपाल्चोक जिल्लाको थुम्पाखर र ठूलोपाखरमा सञ्चलित कार्यक्रमबारे जानकारी गराएका थिए ।
इन्सेकले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी भएको देखिएकोले यसको निरन्तरता र थप कार्यक्रम सञ्चालनको लागि इन्सेक केन्द्रलाई अनुरोध गर्ने साथै थुम्पाखर र ठूलोपाखरको कार्यक्रम 'मर्ज' गरेर सञ्चालन गर्न सुझाव दिने निर्णय गरिएको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले बताए ।
नातिबावु धिताल
सम्बन्धित इन्सेक गतिविधिहरू
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ…