जिल्लास्तरीय निगरानी समूहको पुनर्गठन

  ०७४ असोज २३ गते

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह कास्कीको पुनर्गठन असोज २३ गते पोखरामा आयोजित एक कार्यक्रमका बिच भएको छ ।

Photo20171009Kaski

अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक)को आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम (इएलपी) अन्तर्गत निगरानी समूहको पुनर्गठन भएको हो ।

असोज २३ गते सम्पन्न भेलाले पत्रकार श्याम कुँवरको संयोजकत्वमा तीन सदस्य पछि मनोनीत गर्ने गरी आठ सदस्यीय निगरानी समूह गठन गरिएको हो ।

समूहका सदस्यहरूमा तिलक थापा, गोमा प्रधान, विश्वराज पौडेल, माया गुरूङ, राजुराज अधिकारी, विष्णु सुवेदी र विश्वनाथ पराजुली रहेका छन् । त्यस्तै भेलाले पाँच जना सल्लाहकारसमेत चयन गरेको छ ।

सल्लाहकारमा मानव अधिकार निगरानी समूहको पूर्व जिल्ला संयोजक दुर्गा केसी (थापा), शान्तिका लागि नागरिक समाजको सञ्जालका अध्यक्ष विष्णु बराल, नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, गैसस महासङ्घ कास्कीका अध्यक्ष पदमराज पहारी र महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष जानकी शर्मा रहेकी छन् ।

भेलामा इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेलले मानव अधिकार निगरानी समूह गाउँपालिका लक्षित भएर काम गरेमा मात्रै प्रभावकारी हुने बताएका थिए ।

संगीता भाट